Hindi Films

आन्दोलनमा नकाबधारीको घुसपैठ

Unknown | 06:44 | 0 comments

सोमबार 27 असोज, 2071 | काठमाडौं, आश्विन २७ । हङकङमा पूर्ण प्रजातन्त्रको माग गर्र्दै प्रदर्शनरत आन्दोलनकारी माझ नकाबधारीहरु घुसेपछि झडप भएको छ । करिब ५ सयको संख्यामा रहेका नकाबधारी प्रदर्शनकारीको घेरासम्म पुगेको बीबीसीले जनाएको छ ।
प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले ट्राफिक व्यवस्थापनमा समस्या आएको जनाउँदै प्रदर्शनकारीहरुको केही क्याम्प हटाएको थियो । हङकङको कार्यकारी प्रमुखका लागि चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य गर्नुपर्ने माग गर्दै तीन सातादेखि त्यहाँ प्रदर्शन भइरहेको छ । सन् २०१७ मा हुने निर्वाचनमा कुन उम्मेदवारले भाग लिने भन्ने विषय हङकङकै बासिन्दाले तय गर्न पाउनुपर्ने उनीहरुको माग छ । अहिलेसम्म चीन सरकारले बनाउने कमिटीले नै कुन उम्मेदवारले भाग लिन पाउने भन्ने निर्णय गर्दछ । आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

Category:

0 comments