नरेन्द्र मोदी आफै झाडु लगाउँदै सडकमा
![]() |
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा आफ्नो एक महत्वकांक्षी योजना सुरुवात गरेका छन् ।
उनले ‘स्वच्छ भारत अभियान’ सुरु गर्दै वर्षमा १ सय घण्टा सडक सफा गर्न समय छुट्याएका छन् । मोदीले यो घोषणा गर्दै गर्दा अभिनेता आमिर खान समेत मञ्चमा उपस्थित थिए ।
उनले उक्त अवसरमा सरसफाई गर्ने अभियानलाई राजनीतिसँग नजोड्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा मोदीले क्रिकेटर मास्टर ब्लास्टर सचिन तेन्दुलकर र अभिनेता सलमान खान सहित ९ जना सेलिब्रेटीहरुलाई सफाई अभियानमा जोडिन अनुरोध गरेका छन् ।
उनले राजपथबाट ‘स्वच्छ भारत मिसन’ पदयात्राको हरियो झण्डा देखाएर सुरुवात गरेका थिए । कार्यक्रमको उद्घाटनपछि वाल्मिकी मन्दिरस्थित वाल्मिकी वस्तीमा झाडु लगाएका थिए ।
![]() |
Category: News





0 comments