Hindi Films

पटनामा भागदौड मच्चिँदा ३३ जनाको मृत्यु

Unknown | 03:37 | 0 comments

पटना, १८ असोज, विहारको राजधानी पटनामा गएराती भएको भागदौडमा ३३ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन् । शुक्रवार साँझ गान्धी मैदानमा दशहराको अवसरमा रावण दहन विशेष समारोहमा अचानक भागदौड भच्चिँदा उक्त दुर्घटना भएको हो । पटना मेडिकल कलेज अस्पतालले दिएको तथ्याङ्क अनुसार ३३ जना मृतकमा २२ जना वयस्क र ११ जना बच्चा रहेका तथा वयस्क मध्ये अधिकांश महिला रहेका छन् । मृतक मध्ये अधिकांशको सनाखत भए पनि ५ जनाको पहिचान खुल्न नसकेको बीबीसीले जनाएको छ । घाइतेहरुको पटना मेडिकल कलेज अस्पतालमा उपचार भइ रहेको छ भने घाइते मध्ये ४ जनाको स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटना भएको लामो समयसम्म पनि विहारका मुख्यमन्त्री जीतन राम माझी बेखबर भएको भन्दै मुख्यमन्त्रीको कडा आलोचना गरिएको छ । उनी अबेर राती मात्रै अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य स्थिति बारे जानकारी लिएका थिए । रावण दहन कार्यक्रममा अचानक विद्युत सर्ट हुँदा ठूलो आवाज सुनिएकोले बम पड्किएको हुनसक्ने आशंकामा भागदौड मच्चिँदा यो दुःखद् घटना भएको थियो । भारतमा भिडभाड भएको बेला मच्चिने यस्ता अनावश्यक हल्लाले वर्षेनी सयौँको संख्यामा ज्यान जाने गरेको छ ।

Category:

0 comments