Hindi Films

राष्ट्रपतिद्वारा टिका ग्रहण, सर्वसाधारणलाई अहिले लगाई दिँदै

Unknown | 03:42 | 0 comments

काठमाडौँ, १७ असोज, राष्ट्रपति डा. रामवरण यादवले आज विहान १० बजेर १५ मिनेटको शुभ साइतमा टिका तथा जमरा ग्रहण गरेका छन् । बडादशैँको साइतमै डा. यादवले नेपाल सरकारका पुरोहित देवराज अर्यालबाट टिका तथा जमरा ग्रहण गरेका हुन् । पुरोहित अर्यालले आज हनुमानढोकास्थित दशैँघरको जल, जमरा तथा टिका शीतल निवास लगेर लगाई दिएका हुन् । राष्ट्रपति भवनमा भएको विशेष टिका ग्रहण कार्यक्रममा राष्ट्रपतिका परिवारका सदस्य, आफन्त तथा केही सरकारी कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । यसैगरी राष्ट्रपति डा. यादवले अहिले दिउँसो करिब १ बजेपछि राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टिका तथा जमरा लगाइ दिँदै छन् । राष्ट्रपतिको हातबाट टिका तथा जमरा थाप्न शीतल निवासमा अहिले सर्वसाधारणको लामो लाइन लागेको छ ।

Category:

0 comments