Hindi Films

विद्यार्थी यातनामा ‘कखरा’’को फष्टलुक र टे्रलर सार्वजनिक

Unknown | 03:44 | 0 comments

विद्यालयमा हुने गरेका दण्ड सजायका कारण केही समयअघि काठमाण्डौको एक विद्यालयको शौचालयमा नै थुनिएर निधन भएका प्राथमिक तहका विद्यार्थीको जीवनीमा आधारित रहेर तयार पारिएको बृतचित्र ‘कखरा’को फष्टलुक र टे्रलर सार्वजनिक भएको छ ।
दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिनेमाको पहिलो अनुहार देखाइएको हो । संचारकर्मी समेत रहेका डिकेश लामाले यो बृत्तचित्रको निर्देशन गरेका हुन् । यो बृत्तचित्रले ‘दण्डहिन शिक्षा, आजको आवश्यकता’ भन्ने मुल सन्देश बोकेको बताइएको छ । पुस्तक, पत्रिका, विद्युतिय माध्यमबाट प्रशारण भएका सामाग्री, सरकारी निकायहरुको अनुसन्धान आदिलाई हेरेर यो बृतचित्र तयार पारिएको हो । बृत्तचित्रका प्रस्तुतकर्ता एवं घटनाका टिपोटकर्ता विनोद लामा हुन् । यो बृत्तचित्रमा नायक राजेश हमाल न्यारेटरको रुपमा देखिदैछन् । यसमा मुख्य भूमिकामा भने सौगात बिष्ट छन् । अन्य कलाकारमा सौजन्य सुब्बा, भूपेन चन्द, गजित बिष्ट, श्रीकृष्ण न्यौपाने, राधाकृष्ण धिताल र कैलाश पाण्डे छन् ।

Category:

0 comments