Hindi Films

पारसको मासिक खर्च दशलाख, नेपाल ल्याउनै कठिन,ल्याए पनि राख्न कठिन

Unknown | 04:13 | 0 comments

चौथो पटक चरेश काण्डमा पक्राउ परेका पूर्व यूवराज पारश शाहको मासिक खर्च अत्यन्तै महंगो देखिएको छ । उनको उपचार खर्च मात्रै होइन दैनिकि खर्च पनि महंगो छ । मासिक २ लाख रुपैयाँ उनको सामान्य गाँस र बासको खर्च छ । लागु औषध प्रयोगमा थप मासिक ३ लाख उनले जुटाउनु पर्छ । उनी दुव्र्यसनिमा फसिसकेका कारण उनको खर्च अत्याधिक भएको हो । यो बाहेक अन्य खर्च र औषधि उपचार पनि जोड्दा मासिक करिव १० लाख रुपैयाँ उनको खर्च देखिन्छ । पारश शाहको सुरक्षाका लागि धेरै नेपालीले यस अघि सहयोग गरेका थिए । आफ्नो खर्च जुटाउनकै लागि उनी गलत धन्दामा लागेको उनका समकक्षीहरु बताउँछन् । यसै कारण कहिले नक्कली पैसाको कारोवार त कहिले गाँजा र चरेशको व्यापार उनका लागि दैनिकि जस्तै बन्दै आएको हो । तर धेरैलाई थाहा नभएको एउटा कुरा उनी अहिले पनि पैसाको अभावमा छन् । लागु पदार्थ शेवन अर्थात दुरव्यसनिका कारण पारश शाहलाई विभिन्न कामहरु गर्न बाध्य पारिएको छ । उनका लागि करिव ५० करोड बढी रकम राजदरबारले यस अघि खर्च गरेको थियो । विदेशका विभिन्न सुधारकार्यमा समेत सहभागि गराइएका उनलाई सुधार गर्न नसकेपछि हार खाएर उनका बुबा ज्ञानेन्द्रले छोराको माया मारेका हुन् । ज्ञानेन्द्र मात्रै होइन पारश शाहकै श्रीमतिले पनि पारशलाई यही कारण माया गर्दीनन् । यस अर्थ एक्लो जीवन विताउँदै आएका पारशले हङ्कङ र थाइल्याण्डमा आफ्नो बासस्थान बनाउँदै आएका छन् । थाइ नागरिक एक महिलाको सहयोगले उनी त्यहाँ बस्दै आएका थिए । तर उनको दुव्यसनिको पक्षका कारण ती महिला अर्थात उनकी प्रेमिकाले अहिले छाडेकी हुन् । त्यसो त केही समय थाइल्याण्डको च्यान्चाइ स्थित सुधार केन्द्रमा रहेका पूर्व युवराज पारससँग उक्त केन्द्रले प्रतिमहिना डेढ लाख रुपैयाँ शुल्क लिने गरेको थियो । तर विचैमा पारशले त्यहाँ छोडेर बसे । छोरो पारसको लागि विभिन्न माध्यमबाट ज्ञानेन्द्र शाहले धिरेन्द्रकी छोरी सिताष्मा मार्फत् पारसलाई पैसा पठाउने गरेका थिए । पारसले नेपालमै ल्याउन चाहेका उनको थाई प्रेमिका कन्निका लिन ले पनि अहिले उनलाई कुनै आर्थिक सहयोग गर्दीनन् । उनले हाल पारश शाहलाई छोडीसकेकी छन् । गत बर्ष फागुनमा हृदयघात भएपछि पूर्वयुवराज पारस करिब डेढ महिना बैंकक स्थित समितिभेज अस्पतालमा भर्ना भएका थिए । उनले त्यत्तिबेला नयाँ जीवन पाएका हुन् । तर हृदयघाटको रोग बल्झिन सक्ने भन्दै पारसलाई यस किसिमको चिन्तामा नराख्न चिकित्सकले सल्लाह दिएका थिए । हुन त पूर्वयुवराजको यसअघिको लागू औषधसम्बन्धी मुद्दा अझै छिनोफानो भएको छैन । उनलाई फुकेत अदालतमा उनको मुद्धा जारी छ । पारस शाह थाइल्यान्डमा तनाबपूर्ण जीवन बिताई रहेका थिए । उनले गर्ने दैनिक खर्च र मुद्धा मामिलाका कारण पारसको दैनिकी तनाबपूर्ण अवस्थामा रहेको हो । थाइल्यान्डमा रहेका नेपाली मुलका केही व्यक्तिसँग राम्रो सम्बन्ध बनाएका पारसलाई पछिल्लो समय उनीहरुले पनि वेवास्ता गर्दे आएका थिए । होटेलको शिशा फुटाउने देखि व्यक्तिमाथि हात हाल्ने पारसको अर्को कुलत थियो । थाइल्यान्डमा लागुपदार्थ सम्बन्धी कानुन एकदमै कडा रहेकोले पनि पारस बिरुद्धको मुद्धामा नेपाली मुलका केही प्रभावशाली व्यक्तिले सहयोग गरिरहेका छन् तर पछिल्ला दिनमा साना साना गल्ति गर्दै उनले सहयोगी साथीहरुलाई समेत दुख दिन थालेपछि पारसबाट उनीहरु टाडीएका हुन् । पारशलाई छुटाउनै मुस्कील त्यसो त पूर्वयुवराज पारस शाहलाई नेपाल ल्याउन मुस्कील छ । उनको अम्मलि, उनको घरपरिवारसँगको बेमेल मुख्य बाधक हो । तै पनि राज्य पूर्व यूवराजका नाताले उनलाई नेपाल ल्याउने कार्यमा सक्रिय देखिँदैन । यो अर्को समस्यष हो । त्यस माथि मुख्य समस्या थाई सरकारको छ । लागुऔषध ओसार पसारमा संलग्न रहेको थाइल्याण्डको प्रहरीले बताए पछि उनको नेपाल आगमन समस्यामा छ । यो अभियोग प्रमाणीत भइसकेका कारण उनलाई १० वर्ष कैद सजायँ हुन सक्ने सम्भावना छ । पारसका साथबाट लागुऔषध गाँजाको पार्सल लगायत बरामद भएकोले लागु औषध ओसारपसारमा उनी संलग्न रहेको थाई प्रहरीले नेपाली दूतावासका जानकारी दिएको छ । नेपाली दूतावासले मन्त्रालयलाई पारसको पछिल्लो अवस्था र उनीमाथिको अभियोगका बारेमा जानकारी पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार थाई कानुनअनुसार पारस शाह विरुद्ध त्यहाँको अदालतमा लागु औषध नियन्त्रण ऐनअनुसार मुद्दा दायर हुनुले उनको समस्या कठिन देखिएको हो । तथापी जरीवाना बुझाएर उनलाई नेपाल ल्याउन सरकारकै पहल आबश्यक रहने देखिन्छ । यसका लागि पूर्व राजा ज्ञानेन्द्रले सरकारसँगको सहयोग लिन्छन् वा लिँदैनन् भन्ने कुरामा निर्भर रहन्छ । via - बिजनेससंसार

Category:

0 comments