Hindi Films

नेपालमा २४,तारे होटल थपिँदै!!

Unknown | 02:18 | 0 comments

October 14, 2014 काठमाडौं,असोज २८ – नेपालमा पर्यटकको संख्या बढ्न नसकेपनि होटल व्यवसायमा लगानी थप्ने क्रमभने बढेको छ। राजनीतिक कारणले पर्यटक आगमनदर स्थिर रहेपनि सुध्रिने अपेक्षासहित व्यवसायीले लगानी बढाएका हुन् । पर्यटन विभागका अनुसार पछिल्लो एक वर्षमा मात्रै २ दर्जन तारे होटलले पूर्वाधार निर्माणका लागि स्वीकृति लिएका छन्। आव २०७०–७१को सुरूदेखि भदौसम्म(१३ महिनामा) २४ होटलले वातावरणीय प्रभाव मूल्याङ्कन(ईआइए) सम्पन्न गरी भवन निर्माण सुरू गरेका छन्। यो तथ्याङ्क अहिलेसम्मकै उच्च हो। कारोवार दैनिकका अनुसार विभागमा पर्यटकीयस्तर र तारे कोटलमात्र दर्ता हुन्छन् । यसबाहेकका होटल घरेलु तथा साना उद्योग विभाग र स्थानीय प्रशासनमा दर्ता हुनुपर्छ । विभागाम दर्ता भएर निर्माण सुरु गरेका होटलको संख्या २ दर्जन भए पनि यसबाहेकका होटलको संख्या निकै बढिरहेको विभागको अनुमान छ ।

Category:

0 comments