Hindi Films

‘हिजो पैसा थियो सबैको थिएँ, आज सडकमा छु कसैको छैन । श्रीमतीले भनिन्– ‘तँ खाते घर फर्किस् ?’

Unknown | 02:05 | 0 comments

शंकरलाई श्रीमतीले भनिन्– ‘तँ खाते घर फर्किस् ?’
काठमाडौं । घायल किन भएँ थाहा छ ? जिष्टखबरसँगको कुराकानीमा शंकरले आफैं प्रश्न गरे । र, भन्न थाले,‘२०५३ सालको शिवरात्रीको दिन मैले बुवा गुमाएको दिनदेखि मैले शंकर अधिकारीको पछाडि ‘घायल’ राखेँ । कतिले गीत लेख्ने मानिस प्रेममा धोका पाएर घायल राखेको हो ? भनेर सोध्छन् । गीत मात्र होइन, उनी चलचित्रका कथाकार पनि हुन् । पाँच सय भन्दा बढि गीत र २३ फिल्मको कथा लेखेका उनी हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘गोरे’ को कथाबाट बढि आशावादी देखिन्छन् । सुनसरीमा २०२४ सालमा जन्मेका शंकरलाई उनका पिताले उनी जन्मेको सात दिनमा घर छोडेर हिँडे । उनले शंकर नाम रहनुको रहस्य पनि खोले । ‘खास मेरो नाम लोकनाथ हो । बाले घर छोडेर हिँडेपछि आमाले मलाई पाल्न धेरै दुख गर्नु प¥यो । मंसिरमा खेतमा धान काट्ने बेलामा जम्मा १७ दिनको मलाई खेतको आलिमा राखेर धान काट्दै गर्दा मेरो शरिरमाथि सर्प बसेको थियो रे । आमा आएर हेर्दा सर्प छोडेर हिँड्यो रे । त्यसपछि मेरो नाम शंकर भएको रे ।’ उनी आठ वर्षको छँदा उनकी आमाले दोस्रो बिहे गरिन् । जुन उनले १४ बर्षको उमेरमा मात्र थाहा पाए । त्यसपछि उनी आफ्नो बाबु खोज्न हिँडे । आफ्नो बाबुलाई जनकपुरमा फेला पारेपछि काठमाडौं आएर बाबु छोरा सँगै बस्न थाले । जोरपाटीमा काठ मिल चलाउन थाले पछि उनको आम्दानी राम्रो भयो । प्रमाणपत्र तह सम्मको अध्ययन सकेका उनले बिस्तारै गीत, पनि लेख्न थाले । २०५३ सालमा पहिलो गीत रेकर्ड गराएका उनले लेखेका गीतहरुमा तिम्रो आँखामा बस्ने रहर भो मलाई त, सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला र मेरी बास्सैको ‘हे मेरी बास्सै उनलाई चिनाउने गीत हुन् । ‘एकपटक बेहोस भएर ढल्दा मामाको छोरी मेरो भगवान भएर मलाई बचाइन् । अहिले म उनकै शरणमा छु ।’ खास कुरा उनले खुलाउँदै गए । काठ मिलबाट जोडेको राम्रै सम्पति जोेडिएको उनको बाबुको मिर्गौला रोगले जोडिएको सबै सम्पति बिस्तारै सकिन थाले । बुबा बितेपछि श्रीमतिसँग बिस्तारै किचलो हुन थाल्यो । बिरामी निको भएर हस्पिटलबाट घर पुग्दा श्रीमतीले उनलाई भनिछन्,‘तँ खाते घर फर्किस् ?’ ‘हिजो पैसा थियो सबैको थिएँ, आज सडकमा छु कसैको छैन ।’ प्रमोशनसँग कुरा गर्दै गर्दा उनले भने । मैले गल्ती गरेको छु मैले स्विकार्छु, तर पटक पटक झुकेर माफ माग्दा पनि मैले पाइँन । दशैंमा फोन गर्दा पनि फोन गर्दा पनि उठाइनन् । छोराछोरी विदेशमा छन् । खुसी नै छन् होला । मेरो पनि केहि आशा छैन मात्र उनीहरु खुसी भए पुग्छ । मलाई मेरी बहिनिले साथ दिएकि छिन् । बहिनी पनि गायनमा भविष्य बनाउदै छिन् । उनी आफ्नो सिर्जनाको मुल्य तोक्दैनन् । भन्छन् जे–जति दिन्छन् खुसीले स्विकार्छु । अहिलेसम्म अवार्ड नथापेका उनले दर्शक श्रोताको मायालाई नै अवार्ड मान्छन् । source : zestkhabar.com

Category:

0 comments