Hindi Films

हङकङको प्रदर्शनविरुद्ध चिनियाँ चेतावनी, प्रदर्शन ‘अवैध’ (अपडेट) तस्वीरः एजेन्सी

Unknown | 00:12 | 0 comments

हङकङको प्रदर्शनविरुद्ध चिनियाँ चेतावनी, प्रदर्शन ‘अवैध’ (अपडेट) तस्वीरः एजेन्सी | बिहीवार 16 असोज, 2071
काठमाडौं, आश्विन १६ । हङकङमा अधिक स्वतन्त्रताका लागि भइरहेको प्रदर्शनलाई चीनले अवैध घोषणा गर्दै तत्काल बन्द गर्न चेतावनी दिएको छ । अमेरिका भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाँग यीले वासिंगटनमा यो चीनको आन्तरिक विषय भएकाले अरु देशले चासो दिइरहनु जरुरी नभएको प्रष्ट गरे । सबै देशले चीनको सम्प्रभुतालाई सम्मान गर्नुपर्ने भन्दै वाँगले कुनै पनि देश र समाजले कानुन उल्लंघन गर्ने यस्ता गतिविधि गर्न छुट नदिने पनि बताए । कानुनी दायराभित्रै रहेर हङकङ प्रशासनले विषयलाई सुल्झाउने विश्वास उनले व्यक्त गरे । उता अमेरिकी विदेशमन्त्री जोन केरीले भने प्रदर्शनकारीप्रति नरम नीति अपनाउन हङकङ प्रशासनसँग आग्रह गरे । यसैबीच, चीनकै एक प्रमुख पत्रिका ‘पीपल्स डेली’ले भने प्रदर्शन जारी रहेमा यसको अकल्पनीय परिणाम आउनसक्ने जनाएको छ । यता, प्रदर्शनमा रहेका विद्यार्थीहरुले भने मुख्य कार्यकारी सी वाई लियुंगले राजीनामा नदिए आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन् । हङकङमा सन् २०१७ मा हुने निर्वाचनमा चीन सरकारले अपनाउन लागेको नीतिविरुद्ध उत्रेका विद्यार्थीले गत सातादेखि हङकङको मुख्य सहरमा चीनबिरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । चिनियाँ राष्ट्रिय दिवसका अवसरमा हङकङमा चिनियाँ राष्ट्रिय गान बजाएको विरोधमासमेत विद्यार्थीले विभिन्न सरकारी कार्यालयमा ढुंगामुढा गरेका छन् । (एजेन्सी) बेइजिङले भने पूर्ण प्रजातन्त्र अमान्य भन्दै हङकङको नेतृत्वमा पुग्न चीनले तोकेकै व्यक्ति हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

Category:

0 comments