Hindi Films

विदेशको पिडा बिदेशमा बसेकोले बुज्दछ, मासिक ९० हजारको कमाइ छाडेर गाउँमै बाख्रापालन

Unknown | 00:48 | 0 comments

विदेशको मासिक ९० हजारको कमाइ छाडेर गाउँमै बाख्रापालन | बिहीवार 16 असोज, 2071 |
म्याग्दी, आश्विन १६ । विदेशबाट फर्किएका म्याग्दी भुरुङ तातोपानीका तीन युवा सफल उद्यमी बनेका छन् । भुरुङ तातोपानी ८ ठूलो बगरका बुद्धि पुन, नारायण पुन र डिलकुमारी राई पुनले सिंगापुरमा सिकेको सीपको सदुपयोग गर्दै गाउँमै बृहत्तर बाख्रापालन सहकारी संस्था सञ्चालन गरेका हुन् । विदेशमा मासिक ९० हजार रुपैयाँ कमाइ हुने नोकरी छाडेर स्वदेश फर्किएका उनीहरुले १३ लाख रुपैयाँ लगानी गरेर स्थापना गरेको बाख्रा फर्म जिल्लामै नमूना बनेको हो । सिंगापुरको होटलमा तीन वर्ष काम गरेकी डिलकुमारी र एक वर्ष काम गरेर स्वदेश फर्किएका बुद्धिले गाउँमै रहेका नारायणसँग मिलेर बाख्रापालन थालेका हुन् । ३५ ओटा बाख्रा पालेर व्यवसाय सुरु गरेका उनीहरुको फर्ममा अहिले एक सयभन्दा बढी बाख्रा छन् । यस दसैंमा मात्र उनीहरुले चालिसभन्दा बढी खसीबोका बेचे । बाख्राका साथै माछा, खरायो र कुखुरा पालनसम्बन्धी संयुक्त उद्यम सञ्चालन गरेका उनीहरुले तरकारी खेती गर्ने योजना बनाएका छन् । खसी किन्न ग्राहक गोठमै आउने भएकाले बजारको समस्या नरहेकाले उनीहरुको भनाइ छ । जिल्ला पशुसेवा कार्यालयले बाख्रापालनका लागि घाँस, औषधी र बजारीकरणका लागि सहयोग गरेको छ । तीन युवाले सुरु गरेको बाख्रा फर्म फस्टाएपछि अहिले जिल्लामा अरु युवासमेत यही व्यवसायमा होमिएका छन् । यस क्षेत्रका भुरुङ तातोपानी, दाना, नारच्याङ, दोबा, बेग, भगवती, शिख, घारलगायतका गाविस बाख्रापालनको लागि पकेट क्षेत्र मानिन्छ ।

Category:

0 comments