Hindi Films

सुन्दै अचम्म : ४ हजार प्रहरीले त हाकिमको घरमा भाडा माझ्नु परिरहेको रहेछ

Unknown | 21:02 | 0 comments

काठमाण्डाै / उपत्यकामा कार्यरत जुनियर तहका प्रहरी र्कमचारीलाई पुनर्ताजगी गराउन आयोजित कार्यक्रम एक जवान अनकनाउँदै उठे । निरन्तर ड्युटीबाट थाकेका तल्लो दर्जाका प्रहरीलाई ताजगी दिन म्युजिक थेरापीसँगै गुनासा निर्धक्क राख्ने छुट दिएको कार्यक्रममा उनले १८ देखि २० घण्टासम्म काम गर्नुपर्दा सुत्न नपाएको र परिवारलाई समय दिन नसक्दा छोडपत्र हुने अवस्था आएको गुनासो सुनाए ।

स्रोतका अनुसार रेकर्डमै नरहने गरी राज्यले शान्ति सरक्षामा खटिन तालिम दिएर दक्ष बनाएका थप ६ सय प्रहरी कर्मचारी शान्ति सुरक्षामा हैन आफ्नो संगठनका पहुँवाला अधिकारीको घरका घरेलु सहयोगीको भूमिकामा कार्यरत छन् । नेपालभर सहयोगीका रुपमा काम गर्ने प्रहरीको संख्या ४ हजार रहेको बताइन्छ । अाजकाे  कान्तिपुर दैनिकमा खबर छ
भने,‘हाकिमसापहरुको घरमा काम गर्न बसेका केही साथीलाई मात्र ड्युटीमा ल्याउन सके पनि सुत्ने समय केही थपिन्थ्यो कि पलह गरिदिनुपर्‍यो ।’उनले लक्षित गरेका साथीहरु संगठनले नै बहालवाला र संगठनका पूर्वअधिकारीलाई सहयोगीका रुपमा खटाएका प्रहरी कर्मचारी थिए, जसको औपचारिक संख्या नै ४ सय पुग्छ ।
स्रोत : कान्तिपुर 

Category:

0 comments