हात्तीको गोबरबाट बनेको एक कप कफीलाई ४२०० (फोटो फिचर)
![]() |
संसारको सबैभन्दा महंगो कफी हात्तीको गोबरबाट बन्छ । यो सुन्दा तपाई अचम्म नपर्नुहोला यो साँचो कुरा हो । एक अंगे्रजी पत्रिकाका अनुसार हात्तीको गोबरबाट निक्लिने रसबाट ब्ल्याक आइवरी कफी बन्ने गर्दछ । यो कफी एक कपको मुल्य ३० पाउण्ड अर्थात ४,२०० रुपया पर्छ । यो कफी क्यानडाका बिजनेसमेन ब्लेक डिंकिनले बनाएका हुन् ।
उत्पादक कम्पनीका अनुसार पार्कमा हात्तीलाई पहिला कफीको बीज खुवाईन्छ, जब हात्तीले गोबर निकाल्छ तब गोबरबाट कफीको बीज निकालिन्छ । त्यसपछि त्यसलाई सफा गरेर कफीलाई अन्तिम रुप दिइन्छ । उक्त फार्ममा यस्तो विचित्र यसपछि यहि गोबरको रस मात्रै राम्रो कफी र चिया भन्दा स्वादिष्ट हुने गर्दछ । यो गोबरबाट बनेको कफीको स्वाद चिया र कफीको मिश्रण जस्तो हुने गर्दछ ।
विश्वको सबैभन्दा महंगो कफी थाइल्याण्डको गोल्डन ट्रांयंगल मा एशियन हात्तीको गोबरबाट बनाउने गरिन्छ । यो कफी अहिलेसम्म केहि फाइब स्टार होटल र रिर्सोटहरुमा मात्र उपलब्ध छ ।
विश्वको सबैभन्दा महंगो कफी थाइल्याण्डको गोल्डन ट्रांयंगल मा एशियन हात्तीको गोबरबाट बनाउने गरिन्छ । यो कफी अहिलेसम्म केहि फाइब स्टार होटल र रिर्सोटहरुमा मात्र उपलब्ध छ ।
![]() |


