Hindi Films

यी नायिका पनि बाबुकै यौन शोषणको शिकार

Unknown | 23:15 | 0 comments

एजेन्सी । अमेरिकी चर्चित नायिका तथा फेशन डिजाइनर अमांडा बायन्सले आफ्नो बाल्यकालमा बाबुलेनै यौन सम्पर्क गर्नेगरेको सनसनीपुर्ण तथ्य बाहिर ल्याएकी छन् । उनलाई बाल्यकालमा आफ्नै बाबुले यौन शोषण गर्ने गरेका तथ्य सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफुलाई बाल्यकालमा बाबुले यौन सम्पर्ककालागि बाध्य पार्ने गरेको उल्लेख गरेकी छन् । उनले आफ्नै पिताद्धारा यौन शोषण हुनेमा म पनि पर्दछु भन्ने उल्लेख गरेकी छन् । उनले आफ्नो दिमागको माइक्रो चिप्स बाबुले नियन्त्रण गर्ने गरेको र यौन सम्पर्ककालागि बाध्य पार्ने गरेको उल्लेख गरेकी छन् । उनले उक्त ट्वीट गरेको केहि मिनेटमै डिलिट गरेकी छन् । उनले चर्चा कमाउन यसो गरेको भन्ने आरोप पनि लागेको छ । उनको उक्त दाबीलाई उनको परिवारले ठाडै अस्विकार गरेको छ । उनले उक्त समयमा बाबुलाई जेल पठाउनकालागि आफुले सबुद जुटाउन नसकेको उल्लेख गर्नुले पनि उनको यो हर्कत चर्चाकालागि मात्रै भएको बताइएको छ । उनी अहिले परिवारसँग बस्दनिन् ।

Category:

0 comments