Hindi Films

नेपालमा आतंकवादी आक्रमण र नेताको हत्या हुने हल्लापछिका ५ कारण!

Unknown | 02:54 | 0 comments

नेपालमा आतंकवादी आक्रमण र नेताको हत्या हुने हल्लापछिका ५ कारण October 13, 2014 । अलकायदा र इन्डियन मुजाहिद्दिनबाट नेपालका केही प्रमुख नेताको हत्या हुन सक्ने सूचना भारतीय दुतावासले सार्वजनिक गरेको छ । सूचनामा थप उल्लेख गरिएको छ –नेपाली नेताहरुको हत्यासँगै भारतीय दुतावासका वरिष्ठ अधिकृतको अपहरण, नेपाली विमान अपहरण र विशालु ग्याँसको प्रयोगद्धारा सर्वसाधारणको समेत अपहरण हुन सक्ने खतरा छ । मेरो विचारमा भारतीय दुतावासले सार्वजनिक गरेको यो सूचनाका आधारमा पाँच वटा सम्भावनाहरु रहन्छन् । १. यो भारतले फैलाएको अफवाह मात्रै हो । किनभने नेपाल, नेपाली नेता र जनताहरुको अलकायदा र इन्डियन मुजाहिद्दिनसँग कुनै शत्रुता वा सम्बन्ध छैन् । सम्बन्ध नै नभएको समूहबाट खतरा हुने कुरै भएन् । २. भारतले नेपालमा अपवाह फैलाएर नेपालको सुरक्षा नीति, सुरक्षा मामिला, वायु सेवा, विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा आफ्नो थप पहुँच पुर्‍याउन सफल हुनेछ र आफ्नो प्रभावलाई थप बलियो बनाउने छ । किनभने यो सूचना पश्चात नेपाली नेता तथा सुरक्षा संयन्त्रले भारतसँग अवश्य छलफल गर्नेछन् र आफ्नो देशको सुरक्षा लगायतका आन्तरिक कुरा भारतसँग खुलाउनेछन् । ३. भारतले अझ विशेषगरी मोदी सरकारले नेपाल सनातन हिन्दु राष्ट्र नै भएको हेर्न चाहन्छ । नेपाल धर्म निरपेक्ष हुने कुरा न १२ बुँदे सहमतिमा छ न जनआन्दोलन २०६२÷०६३ मा नै कतै उठेको थियो । यो रातरात अन्य कुनै पश्चिमी मुलकको प्रभावमा गरिएको निर्णय थियो । त्यसैले पछिल्लो समय भारतकै चाहाना अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का लगायतले समेत नेपाल हिन्दु राष्ट्रको माग गरिरहेका छन् । त्यही कारण हिन्दु राष्ट्रको विरुद्धमा उभिएका केही नेताहरुलाई सुरक्षा खतरा रहने सम्भावना रहन्छ । जसरी मदन भण्डारी र विरेन्द्रको हत्या भएको थियो । ४. भारतले नेपालमा संघीयता पनि चाहदैन् । अहिले संविधानको विवादित बुँदा मध्ये प्रमुख मुद्धा यही हो र पहिलो संविधानसभा विघठन हुने कारण मध्ये एउटा प्रमुख कारण यो पनि हो । संघीयता सहितको संविधान जारी भएमा नेपालको तराईको केही भूु–भाग र भारतीय सीमा क्षेत्रको केही भू–भागका (नेपाल र भारत दुबै) देशका केही मानिसले छुट्टै राज्यको माग गर्न सक्नेछन् । किनभने उनीहरुको दुई देशका नागरिक भएपनि खुला सीमाका कारण पारिवारिक, साँस्कृतिक लगायत समाजिक सम्बन्ध समेत बलियो छ र दुबै क्षेत्रका नागरिक दुबै देशबाट हेपिएको अनुभव गर्छन् । त्यसैले त्यो भारत र नेपाल दुबैको निम्ती खतरा छ । अतः नेपालको संघीयताको खाका तयार गर्दा उत्तर–दक्षिण गर्नु नै दुवै देशको हितमा हुन्छ । ५.अर्को कुरा भारत नेपालमा स्थिरता चाहदैन् । किनभने संविधानपछि विदेशी अनुदान र पश्चिमी मुलकको सहयोग नेपाललाई तिव्र गतिमा बढ्नेछ जसले गर्दा भारतको प्रभाव नेपालमा स्वतः घट्नेछ । त्यसैले जसरी हुन्छ भारत नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्छ र नेपालको राजनीतिलाई आफू अनुकुल बनाउन चाहान्छ । सोही अनुरुप कुनै पनि माध्यमको प्रयोग गरी भारतले नेपालको आन्तरिक मामिलामा जानकारी राखिरहन्छ ।

Category:

0 comments