Home �
CelebrityNews And Gossips
� अर्की बलिउड हिरोइनी जरिन खान पनि नेपाल आउने,के गर्न औदैछन् इन्डियन हरु नेपाल?
Unknown |
03:18 |
0
comments
मङ्गलबार २८ असोज, २०७१
जरिन खान पनि नेपाल आउने
काठमाडौं- सलमान खानको फिल्म 'वीर'की हिरोइन जरिन खान काठमाडौं आउने भएकी छन्। उनी 'पनाचे ग्यालेक्सी अफ स्टार्स्' नामक फेसन शोमा सहभागी हुन आउन लागेकी हुन्।
पनाचे रनवे इभेन्ट्सको आयोजनामा काठमाडौंको सोल्टी होटलमा यही अक्टोबर महिनाभित्र कार्यक्रम हुँदैछ। बलिउडका फेसन डिजाइनर विशाल कपुरको संयोजनमा हुने कार्यक्रममा भारतकै सेलिब्रिटी अजाज खान पनि सहभागी हुनेछन्। बिग बोस, फियर फ्याक्टरजस्ता रियलिटी शोबाट चर्चित बनेका हुन् अजाज।
कार्यक्रममा केही मिस नेपालसहित २४ नेपाली मोडलले र्याेम्प तताउनेछन्। कार्यक्रमको सुरुवात रेड कार्पेट इभेन्टबाट हुनेछ। कार्यक्रमले नेपाल र भारतका सेलिब्रिटीबीच अनुभव तथा ज्ञान आदानप्रदान हुने र सम्बन्ध आत्मीय बनाउने विश्वास आयोजकको छ।
Category:
CelebrityNews And Gossips
0 comments