Hindi Films

मुस्ताङमा हिमपहिरोले ४ जनाको मृत्यु, ३८ जनाको नेपाली सेनाद्वारा उद्धार

Unknown | 02:23 | 0 comments

२९ असोज, काठमाडौं । मुस्ताङको थोराङपासमा हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना विदेशी पर्यटक र एकजना नेपाली नागरिक रहेका छन् । मृत्यु हुनेहरुमा दुईजना पोल्याण्डका र एकजना इजरायली पर्यटक छन् । मृतकहरुको नाम नखुलेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । मुस्ताङको पर्यटकीयस्थल थोराङपास जाँदै गरेका ती पर्यटकहरुको दम्क्याम भन्ने स्थानमा बुधबार शव फेला परेको हो ।
घटनास्थल मनाङ र मुस्ताङको सिमानामा पर्दछ । अन्य ३८ जना पर्यटकलाई भने सेनाले सकुशल उद्धार गरेको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकोप्टर पठाइएको सहायक सैनिक प्रवक्ता निरन्जन श्रेष्ठले जानकारी दिए । भारतीय हुदहुद समुद्री आँधीको प्रभावले नेपालको मौसममा परिवर्तन आएपछि हिमाली जिल्लामा भारी हिमपात भएको छ । मनाङमा मंगलबारदेखि हिमपहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । प्रतिकूल मौसमको कारण उनीहरुको खोजी कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

Category:

0 comments