Home �
News
� एकै दिन चारजनाले गरे आत्महत्या
Unknown |
03:59 |
0
comments
विराटनगर:मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार मधुमल्ला गाविस-३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन्।
यस्तै, राजघाट-२ बस्ने १७ वर्षीया सजु पाण्डेले आफ्नै घरमा शुक्रबार बेलुकी ८:३० बजे झुण्डी आत्महत्या गरेकी छिन्।उपमहानगरपालिका–१३ स्थित ममः पसलमा काम गर्ने ओखलढुङ्गा जिल्ला मोली-५ बस्ने २२ वर्षीय विजय विकले प्लास्टिकको डोरी लगाई झुण्डी आत्महत्या गरेका छन्।
मोरङ सिसवनीजहदा-७ बस्ने २५ वर्षीय सुरज मण्डलले शुक्रबार बेलुकी ६ बजे मुसा मार्ने विषादी सेवन गरेको र उनको उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। रासस
Category:
News
0 comments