हिमपातका कारण मनाङमा र मुस्ताङमा ठूलो मानवीय क्षति
![]() |
- हिमपातमा परेकाहरूको उद्दार गर्दै नेपाली सेना
२९ असोज, काठमाडौं । हुदहुद आँधीका कारण मनाङ र मुस्ताङमा भएको भिषण हिमपातले ठूलो मानवीय क्षति भएको छ ।
८ विदेशीसहित १२ जनाको शव भेटिएको छ । अहिले पनि थुप्रै मानिसहरु हराइरहेका छन् । अन्नपूर्ण सर्किट यात्राको सिजन भएकाले साढे ३ सय पर्यटक र झण्डै त्यति नै संख्यामा नेपालीहरु यात्रामा थिए । उनीहरु मध्ये एकले मुक्तिनाथ पार गरिसकेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण सर्किटको यात्राका क्रममा दजनौं पर्यटक हिमपातमा परेका छन् ।
चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ जना पोल्याण्डका, १ जना ईजरायली र १ जना नेपाली छन् । २२ जनाको उद्दार गरिएको छ । उद्दार गरिएका घाइतेका अनुसार थप १२ जनाको मृत्यु भइसकेको छ ।
त्यसलाई नै आधार बनाएर प्रजिअ भण्डारीले मंगलबार दिउँसो सञ्चार माध्यमहरुलाई मुस्ताङमा मात्र १२ जनाको मृत्यु भएको खबर दिएका थिए । ‘उद्दार गरिएकाहरुको भनाइका आधारमा १६ जनाको मृत्यु भनिएको हो तर, शव भने चार जनाको भेटिएको छ- उनले भने ।
अन्नपूर्ण सर्किटमा पर्ने ५ हजार ४ सय १५ मिटरको उचाइमा रहेको थाराङ ला पास पार गरेर मुक्तिनाथतर्फ झर्ने क्रममा पर्यटक तथा नेपाली सहयोगीहरु भिषण हिम पातमा परेका हुन् । मुक्तिनाथ पुग्न झण्डै ६ घन्टाको पैदल दुरी पार गर्न बाँकी रहँदा हिमपात भएको थियो ।
हिमपातमा परेका १४ जनालाई उद्दार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ८ जना भने सामान्य अवस्थामा छन् । उनीहरुलाई भने मुक्तिनाथमा छाडिएको छ ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल टानका महेन्द्र आचार्यका अनुसार अन्नपूर्ण सर्किटमा मात्र ८५ पर्यटक हराइरहेको खबर आएको छ । नेपालीहरुको संख्या यकिन छैन । ‘झण्डै ८५/९० को संख्यामा नेपालीहरु पनि हुनसक्छन्’ उनले भनेका छन् ।
मनाङमा ८ को मृत्यु
मनाङमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लाछिानेका अनुसार हिमपातका कारण जिल्लामा ८ जनाको मृत्यु भएको छ ।
नारमा ३ र फूमा ५ जनाको मृत्यु भएको हो । नारमा तीन नेपालीको मृत्यु भएको छ । उनीहरु स्थानीय हुन् । चौरी हेर्न गएका उनीहरु सोमबार दिउँसो हिमपहिरोमा परेर बेपत्ता भएका थिए।
फूमा चार क्यानेडियेली र एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन जना क्यानेडिन नागरिक र एक नेपालीको उद्धार गरिएको छ ।
यो अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएपनि अन्नपूर्ण सर्किटमा पर्दैन । उनीहरु मनाङको होङ्डे विमानस्थलबाट तल्लो क्षेत्रमा जाने पर्यटक हुन् ।
![]() |
Category: News






0 comments