Hindi Films

हात्ती आक्रमणमा माओवादी नेतृको निधन

Unknown | 03:08 | 0 comments

बारा, आश्विन १९ - पथलैया- हेटौडा सडक खण्ड अन्तर्गत अमलेखगञ्ज-४ मा आइतबार बिहान हात्तीको आक्रमणमा स्थानीय माओवादी नेतृ गंगा बलको मृत्यु भएको छ । 'मर्निङ वाक' म रहेकी बललाई जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो । ३५ वर्षीया बलको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
अखिल क्रान्तिकारी संघको केन्द्रीय सचिवालय सदस्य रहेकी बलको निधनले गाउँ शोकमा डुबेको छ । डेढ महिना यता बारामा हात्तीको आक्रमणले चार जनाको मृत्यु भएको छ ।

Category:

0 comments