Home �
CelebrityNews And Gossips
� रेखा थापामाथि साधारण सदस्य समेत नरहने गरी कारबाही
Unknown |
07:30 |
0
comments
काठमाडौं । नियम विपरित आफू निर्मित तथा अभिनित चलचित्र हिम्मतवाली प्रदर्शनमा ल्याएपछि नायिका रेखा थापालाई निर्माता संघले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
संघले विज्ञप्ती जारी गर्दै थापाले नेपाली फिल्म शुक्रबारदेखि प्रदर्शनमा ल्याउने परम्परालाई तोडेर बुधबारदेखि प्रदर्शन गरेपछि कारबाही गरेको हो ।
रेखा थापाले आफ्नो फिल्म हिम्मतवाली बुधबार फुलपातीको अवसरमा रिलिज गरेकी थिइन् । संघले थापाको कम्पनी रेखा फिल्मस्लाई पनि कारबाही गरेको छ ।
निर्माता संघले नेपाली फिल्म शुक्रबारदेखि मात्रै रिलिज गर्ने नियम बनाएको छ ।
Category:
CelebrityNews And Gossips
0 comments