Hindi Films

अस्पतालको शौचालयमा एम्बुलेन्स चालकको शव फेला

Unknown | 08:42 | 0 comments

१८ असोज, गोरखा । गत बुधबारदेखि सम्पर्कविहीन रहेका गोरखा सदरमुकामको अस्पतालमार्गस्थित मनास्लु बचत तथा ऋण सहकारी संस्थाका एम्बुलेन्स चालक सुविराज गुरुङ शौचालयमा मृत अवस्थामा भेटिएका छन् । शुक्रबार गोरखा अस्पतालको शौचालयमा गुरुङको शव भेटिएको हो । गोरखाको ताप्ले-८ घर भएका ६१ वर्षका गुरुङ गत फूलपातीको दिनदेखि परिवारको सम्पर्कमा नभएको परिवारले जनाएको छ । गोरखा अस्पताल नजिकै रहेको सैलुनका एक व्यक्ति पानी लिन शौचालयको बाटो हुँदै जाँदा शौचालयभित्रबाट गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाका अनुसार अस्पतालको शौचालय फुटाएर हेर्दा शव फेला परेको हो । शौचालयको प्यानमा दुवै घुँडा टेकेको र प्यानभित्र घोप्टो परेको अवस्थामा गुरुङको शव भेटिएको थापाले बताए । शवलाई गोरखा जिल्ला अस्पतालमा परीक्षणका लागि राखिएको छ । रासस

Category:

0 comments