Home �
News
� यौनशोषणको आरोपमा र्याडिसन होटलका जेनेरल मेनेजर पक्राउ !!
Unknown |
05:47 |
0
comments
काठमाडौं, कार्तिक २१ – यौनशोषणको आरोपमा लाजिम्पाटमा रहेको होटल र्याडिसनका महाप्रबन्धक अनिल मल्लिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
मल्लिकलाई प्रहरीले बिहिबार बेलुका र्याडिसन होटलबाटै पक्राउ गरेको हो । मल्लिकलाई एक पुरुषलाई यौन शोषणको आरोपमा पक्राउ गरिएको हनुमानढोकाका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले रातोपाटीलाई जानकारी दिए ।
तनहुँमा घुम्न गएको बेला एक पुरुषमाथि यौनशोषण गरिएको कार्कीले जानकारी दिए । तनहुँमा उजुरी परेकाले मल्लिकलाई अहिले तनहुँ प्रहरीको अनुरोधमा त्यहाँ पठाइएको छ ।
तनहुँ प्रहरीले उक्त घटना आबुखैरेनी भन्ने स्थानमा घटेको र त्यहाँ गएर मुचुल्का उठाउने बताएको छ । थप अनुसन्धानका लागि आइतबार मुद्दा दायर गरिने प्रहरीले जानकारी दिएको छ ।
उनलाई बिहिबार राती साढे ८ बजे पक्राउ गरिएको हो ।
यस विषयमा होटमा जानकारी लिन खोज्दा एक कर्मचारीले यो उच्च पदस्त पदाधिकारीहरुको व्यक्तिगत कुरा भएकाले यसबारेमा केही बोल्न नमिल्ने बताए ।
सन् २०१३ को अगस्टदेखि मल्लिक र्याडसनमा जेनेरल म्यानेजरका रुपमा कार्यरत छन् ।
उनले यसअघि रिट्ज प्लाजा, ग्राण्ड हायात, होटल साभोयलगायतमा काम गरिसकेका छन् ।
Category:
News
0 comments