Hindi Films

कपडा खोल्दैमा र नांगिँदैमा नराम्रो भन्न मिल्दैनः नायिका बिनिता बराल

Unknown | 02:51 | 0 comments

नेपाली रजतपटकी सफल तथा ग्ल्यामरस नायिका बिनिता बराल हिजोआज कृषि फार्ममा व्यस्त छिन् । कृषि फार्मबाट बचेको समय पुस्तक लेखन तिर लगाएकी उनको छिट्टै ‘जुइनो’ उपन्यास बजारमा आउँदैछ । प्रस्तुत छ, युवा पुस्ताकी चर्चित र सफल नायिका बिनितासँगको अन्तरंग कुराकानीः आजकाल के मा व्यस्त ? ‘जुइनो’ उपन्यास लेख्दैछु । हातमा फिल्म पनि छन् रे नी ? छन्, ‘उमंग’ चलचित्रमा काम गरिरहेको छु । कृषि फार्मिङ ? फार्मिङ पनि राम्रो चल्दै छ, जन्मजातै कृषक भएकाले त्यसैलाई व्यवसायिकता दिने प्रयत्न गरेकी हुँ । कलाकारिताबाट लेखन यात्रातिर किन नी ? साहित्यमा सानै देखि रुचि थियो । लेख्ने प्रयन्तमात्र गरेकी हुँ । साहित्यकार नै बन्न लागेको भने चैं होइन । लेख्ने प्रेरणा कहाँबाट जाग्यो ? कृषि कर्मले । कृषि कर्म गर्दा गर्दै साहित्य सृजना गरौँ भन्ने लाग्यो । कृषि विषयवस्तुमा लेख्दा राम्रो हुने ठानेर यसलाई रोजेकी हुँ । शीर्षक पनि जुराईसक्नु भए छ नी? जुराएँ । ‘जुइनो’ हो उपन्यासको नाम । यो नाम उपन्यासको सम्पादन गरिहनु भएको कृष्ण अविरलले जुराई दिनु भएको हो । ‘जुइनो’ कसरी बुन्नु भयो? कृषिमा आधारित रोमान्टिक प्रेम कथा । कहिले आउँछ बजारमा ? चैत्र महिना भित्रमा आउँछ । सफल नायिका बन्न हिँडेको मान्छे फरक–फरक विधामा किन? नायिका बनिसकेँ । कृषक पहिले नै हुँ । त्यसैलाई व्यवसायिकता बनाउने प्रयत्न गरेकी हुँ । साहित्य मेरो रुचिको विषय हो । फेरि म फरक विधामा रमाउन चाहने मान्छे पनि हुँ । बिनिता बराल चर्चामा आउन यो सव गरिरहेकी छे भन्ने हल्ला पनि छ नी ? किमार्थ होइन । प्रत्येक नागरिकको एउटा एउटा दायित्व हुन्छ, त्यही पुरा गरिहेकी छु । त्यसै कारणले कृषि रोज्नु भएको हो? हो, कृषि नै हाम्रो मुख्य पेशा भएकाले मैले मात्रै होइन हामी सवैले यसैमा केही गर्नु पर्छ । उपन्यास त्यसैलाई प्रमोसन गर्न खोज्नु भएको हो ? मैले आम युवापिँढी जो खाडी मुलुकहरुमा ४०/५० डिग्रिको तापक्रममा पसिना बगाउँदै हुनुहुन्छ उहाँहरुलाई यहीँ (नेपाल) धेरै गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी हुँ । ग्ल्यामर विकाएकी बिनिताको तरकारी पनि राम्रै विक्यो भन्ने चर्चा छ नी ? हो, हाम्रो उत्पादन पूर्ण अर्गानिक छ । अर्गानिक भएकै कारण हाम्रो उत्पादनप्रति आम उपभोक्ताहरु आकर्षित हुनु भएको छ । यसले गर्दा मेरो कृषि फार्मबाट उत्पादन भएका तरिकारीको व्यापार राम्रो छ । कला क्षेत्रबाट किन बाहिरिनु भयो ? कृषि फार्ममा अलि व्यस्त हुँदा धेरै ध्यान दिन नसकेको मात्र हो । बाहिरिएकै भने होइन । अहिले पनि चलचित्रमा व्यस्तै छु नी । उमंग भन्ने चलचित्रलाई समय दिइरहेको छु । यसबिचमा धेरै चलचित्र पनि लत्याउनु भयो रे नी ? केही समय चलचित्रमा काम गर्न भ्याइन । लत्याएकै चाँही होइन । मलाई केही चलचित्रको स्क्रिप्ट पनि खासै मन परेन । तपाई अभिनयबाट बाहिरिन सक्नु हुन्छ र? कदापी सक्दिन । चलचित्र मेरो प्यासन भएकाले म अभिनयमा फर्कन्छु । फर्किसकेको छु । बिनिताको ग्ल्यामर बिक्न छाडेको हो ? नेपाली चलचित्र उद्योगमा नायिका बिनिता बरालको कुनै न कुनै हिसावले खोजी भैरहेको छ । त्यसलाई पुरा गर्न म क्रियाशिल छु । मैले नेपाली चलचित्रमा जुन उचाई प्राप्त गरेकी छु त्यसले मलाई चलचित्रमा क्रियाशिल भैरहन बल प्रदान गर्दछ । नेपाली चलचित्रको बजार ? चलचित्रको बजार राम्रै छ । राम्रा मुभिहरुका लागि कुनै पनि बजार नराम्रो हुँदैन । नेपाली चलचित्रमा उठाइनु पर्ने विषय ? चलचित्रले सवै तह र तप्काका मानिसहरुलाई समेट्नु पर्यो । साथै नेपाली कला, संस्कृति यसका अतिरिक्त मानिसका सफलताका कथा आदिलाई पनि समेट्न सक्दा राम्रो हुन्छ । त्यसका लागि कला, सिर्जनशिलता र प्रविधिको राम्रो संयोजन पनि हुनुपर्दछ । चपली गर्ल बिनिता अहिले के हो ? म उपन्यासकार चाँही होइन । सायद म कृषक नायिका हुन सक्छु । एउटा युवती कसरी नायिका बन्न सक्छे ? एउटी युवती नायिका बन्न संघर्षका हजार जंघार तर्नु पर्दछ । त्यस्तै ‘एक्सन’मा ध्यान दिनु पर्दछ ‘इमोसन’मा होइन । तपाईले चलचित्र उद्योगमा ‘भल्गारिटी’ भित्रयाउनु भयो भन्ने आरोप छ नी ? मलाई त्यसरी भन्न मिल्दै मिल्दैन । यदी नेपाली कला क्षेत्रलाई उँभो लगाउन र विदेशी चलचित्र हेर्ने र मनोरञ्जन लिने दर्शकहरुलाई नेपाली चलचित्र हेर्ने बनाउनका लागि गरिएको सकरात्मक प्रयत्न थियो । त्यो सायद म धेरै हदसम्म सफल पनि भएँ । अर्को कुरा नेपालमा धेरै कुरा छोड्नु पर्ने छ । त्यो मध्ये एउटा यस्ताखाले सोच पनि हो । हामीले धेरै कुरा परिवर्तन गर्नु छ । लुगा खोल्दैमा नांगिँदैमा सवै नराम्रो हुँदैनन् । त्यसो भए जनावरहरु पनि नराम्रो हुनु पर्ने नी ? त्यसको अर्थ सवै नायिका नांगिनै पर्छ भन्ने छैन । चलचित्रले के सन्देश दिन खोजेको हो त्यसलाई न्याय गर्न सक्नु पर्दछ । अनि मात्र तपाई सफल नायिका बन्न सक्नु हुन्छ । यदी मैले कसैलाई आइ लभ यू भने भने तपाईले बिनिता त कस्ती चम्मु जसलाई नी आई लभ यू भन्छे भन्नु हुन्छ की, यो त कस्ती स्वीट जसलाई पनि स्नेह गर्दिरहिछे भन्नु हुन्छ त्यो तपाईमा निर्भर हुने कुरा हो । यसर्थ कुन विषयलाई कसरी सोच्ने त्यो नै प्रमुख विषय हो । हामीकाहाँ सकरात्मक सोचको अभाव छ । यसलै गर्दा ममाथि यस्तो टिप्पणी भएको हुन सक्छ । तपाई फेरि यस्तै ग्ल्यामर चलचित्र गर्नु हुन्छ ? यदी कसैले मेरो चित्त बुझाउँछ भने म त्यस्तै अभिनय गर्न तयार छु । तपाईले विवाह गर्नु भयो रे नी ? मैले विवाह गरेको छैन । म माया (लव) मा छु । छिट्टै विवाह पनि गर्छु । ‘लिभिङ टुगेदर’मा हुनुहुन्छ हो ? समाजले दिएको भए राम्रै हुन्थ्यो तर संस्कृतिको बन्धनले बाँधेको छ । अन्तिममा ? आउँदै गरेको मेरो उपन्यास ‘जुइनो’ पढिदिनुहोस् । बिनिता बराललाई नबिर्सनुहोस्, माया गर्नुहोस् । नेपाललाई माया गर्नुहोस् । कृषि कर्ममा विश्वास गर्नुहोस् । source: naya khabar

Category:

0 comments