Home �
� दर्शक हसाँउने कान्छी मट्याङ ट्याङ
Unknown |
12:23 |
0
comments
चलचित्र कान्छी मट्याङ ट्याङ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको २ गीत र एक ट्रेलर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा गरियो । हाँस्य कलाकार पुरन थापाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा जयकिशन बस्नेत, लक्ष्मी गिरी, राजाराम पौडेल, पुरन थापाको साथमा नव कलाकार सारिका केसीको अभिनय छ ।
कार्यक्रममा बोल्दै निर्देशक तथा लेखक पुरन थापाले चलचित्र नारी प्रधान बिषयमा बनेको जानकारी दिए । कलाकार राजराम पौडेलले पुरनमा कमेडीको सेन्स धेरै नै भएको भन्दै चलचित्र राम्रो बनेको बताए । कलाकार जयकिशन बस्नेतले चलचित्रले दर्शकलाई मनोरञ्जन दिदै सन्देश पनि पस्कने बताए । चलचित्रमा कलाकारद्धय गजित बिष्ट र अनु शाह अतिथी भूमिकामा छन् । चलचित्रमा टंक बुढाथोकी र विकास चौधरीले संगीत भरेका छन् ।
Category:
0 comments