Hindi Films

गायनसँग गहिरो प्रेममा परेका राज नेपाली सांगितिक आकाशमा उदाउँदै

Unknown | 08:33 | 0 comments

उ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्ता दिई बस्न दिलमा आज काँडे तारले बारेर गई बेलाबेला एफएम रेडियोहरुमा गुन्जिरहने यस गीतका गायक हुन्, राज सिग्देल । उनले गाएका धेरै गीतहरुमध्ये यही गीतले उनको पहिचान बनाईदियो । त्यसो त ७ वर्षदेखी क्लासिकल म्युजिक सिक्दै गरेका उनले ‘यो माया हराएको शहर हो’, ‘दिल चुप छ’, ‘मौन छ’, ‘यो धड्कन बोलिरहेछ’, ‘के भयो तिमीलाई देखेर लौन’ लगायत अन्य गीतहरु पनि गाएका छन् । चलचित्र र अन्य फुटकर गरेर झण्डै सयौं गीतहरुमध्ये उनको चिनारी भने एउटै गीतले बनाईदियो । तनहुँको भिमादमा जन्मिएका राज सानो छँदा खुब बाँसुरी बजाउँथे । उनको पारिवारिक पृष्ठभुमि नै सांगितिक खालको थियो । उनका बुबा नारायण भजन गाउँथे । उनका दाइ, र सँगैका दौतरीहरुले साँगीतिक कार्यक्रमहरुको आयोजना गर्थे । राज पछिपछि दौडिँदै जान्थे । कहिले भजन गाउँथे । कहिले साँगीतिक माहोलमा नाँच्दै, गाउँदै हराईदिन्थे । त्यही छाप गहिरोसँग उनको मस्तिष्कमा पर्यो । तनहुँको गजरकोटस्थित उनले पढेको श्री कृष्ण माविमा एक जना भुटानी मुलका शिक्षक थिए । उनीसँग राजले हार्मोनियम बजाउन सिके । स्कुले जीवनमै बाजासँग उनको प्रेम बस्यो । र त्यहीबेला उनले मनमनै सोचे, ‘म गायक बन्छु ।’
तर राजका बुबा भने उनलाई ‘शिक्षक’ बनाउन चाहन्थे । राज भने गायनसँग गहिरो प्रेममा परिसकेका थिए । ‘म पर्फेक्ट गायक बन्न चाहन्छु ।’ कमलपोखरीस्थित एक क्याफेमा कुराकानी भईरहँदा उनले सुनाए, ‘अझैपनि अभ्यास गरिरहेको छु ।’ स्कुल पढ्दा राजलाई शिक्षक बनाउन चाह राख्ने बुबा अहिले पनि उनको पेशाप्रति उति सन्तुष्ट छैनन् । तर उनलाई भने कुनै पछुतो छैन । उनी आफूप्रति बुबाको धारणा सम्झिन्छन्, ‘ठिकै गरिस् पनि भन्नु भएको छैन । खत्तमै गरिस् पनि भन्नु भएको छैन ।’ राजलाई थाहा छ, उनको संघर्ष अझै लामो छ । रहरपछि ‘प्यासन’ बनेको गायन पेशामा उनी पूर्ण समर्पित भईसकेका छन् । अझै अध्ययन, अभ्यास गर्न भने छाडेका छैनन् । राजले स्वर भरेको एल्बम बदनाम छिटै नै सार्बजनिक हुँदैछ । जसमा पाँचवटा गीतहरु समेटिएका छन् । यसअघि अविरल र भुल्न खोजेर जस्ता उनका एल्बमहरु बजारमा आईसकेका छन् । उनले स्वर भरेका अन्य एल्बमहरुको संख्या तीस पुगिसक्यो । साँगीतिक कार्यक्रमका सिलसिलामा उनी भारतको नयाँ दिल्ली र नेपालका धेरै जिल्लाहरु पुगेका छन् । उनी पैसाको आशा भन्दा श्रोताहरुको मायालाई ठूलो ठान्छन् । ‘श्रोताहरुको माया नै मेरा लागी सम्मान हो ।’ उनले सुनाए, ‘मलाई सम्झिदिए पुग्छ ।’ राजको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ । उनले प्राणायाम र योगा गर्छन् । शारीरिक अभ्यास गर्छन् । भोकल वर्म अप हरेक दिन छुट्दैन । बिहानको समय उनले आफैलाई दिन्छन् । बिहान ९ बजे उनको खाना खाने समय हुन्छ । त्यसपछि रियाज गर्न, अभ्यास गर्नतिर लाग्छन् । दिउँसो गीत रेकर्डिङका लागी स्टुडियो छिर्ने समय हुन्छ । खाली समयमा भेटघाट, अन्तर्वार्ता र साथीभाइलाई दिन्छन् । पुस्तक पढ्न मन हुन्छ । तर फुर्सद नै नहुने । खेलकुद हेर्न र आध्यात्मिक प्रवचन सुन्न पर्दो रहेछ । अचेल फिल्म हेर्न बानी पनि उति छैन । समय नभएर हेर्ने मौका कमै पाउँछन् । हलमा गएर तीन घण्टा फिल्म हेर्दा उनलाई छट्पटि र पीडा हुँदो रहेछ । बरु त्यो भन्दा केही सिक्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ । टेलिभिजन पनि कमै हेर्छन् उनी । राजलाई पाकिस्तानी गायक गुलाम अलि अत्ति नै मनपर्छन् । ‘म्युजिकका जादुगर नै लाग्छन् ।’ गुलामलाई तारिफ गर्दै उनी भन्छन् ‘उनको आवाजमा एक प्रकारको जादु छ ।’ नेपालका पुराना गायकहरु मध्ये उनले भक्तराज आचार्यलाई खुब मन पराउँछन् । आचार्यबाट उनी प्रभावित पनि रहेछन् । राजको अनुभवमा गायकी पकड राम्रो बनाएका आचार्यले साँगीतिक दुनियाँमा उत्कृष्ट चिज दिए जस्तो लाग्छ । त्यस्तै नारायणगोपाल उनका अर्का प्रिय गायक हुन् । बेलाबेला उनले सम्झिने र गुन्गुनाउने गर्छन्, यसैगरी बिताईदिन्छु दुई दिनको जीन्दगीराजसँग कुराकानी भईरहँदा भने एक घण्टा बितेको पत्तै भएनछ । हँसिलो मुहार देखाउँदै उनी बिदा भए ।

Category:

0 comments