Home �
News
� श्रीमतीको हत्या गरी शव लिएर श्रीमान् फरार!
Unknown |
06:26 |
0
comments
27 Nov 2014 |
बिहीबार ११ मंसिर, २०७१
सर्लाही— दाइजोमा मोटरसाइकल र फर्निचर नल्याएको भन्दै आफ्नै श्रीमतीको हत्या गरी शव लिएर भागेका पति १९ दिनदेखि फरार छन्। हत्या गरिएकी श्रीमतीको शव पनि फेला पर्न सकेको छैन। घटना भएदेखि मृतक महिलाको शव खोज्न प्रहरी परिचालन गरिए पनि फेला पार्न नसकिएको हो। विवाह भएको दश वर्षपछि दाइजोमा मोटर साइकल र फर्निचर नल्याएको भन्दै श्रीमानले श्रीमतीलाई हत्या गरी शव लिएर बेपत्ता भएका हुन्।
०६२ अषढ १७ गते पुनमसँग बिवाह गरेको रामप्रवेशले ससुरालीबाट मोटर साइकल र बक्स पलंग(फर्निचर) दाइजोमा नल्याएको भन्दै पटक–पटक कुटपिट गर्दै यातना दिदै आएका थिए। ०७१ कात्तिक २३ गते आइतबार समान्य घरायसि विवादमा कुटपिट गरी श्रीमानले पुनमलाई घाइते बनाएका थिए। कुटपिटको खबर पाएपछि छोरी पुनमलाई उपचार गराउन मधुवनगोठ पुगेका बुवा मुर्तीया–४ का रामप्रसाद महतोलाई सम्धी भोला महतोले हातपात गरी घरबाट निकालेका थिए।
कुटपिटबाट घाइते भएकी छोरीलाई उपचार गराउन लिएर जान खोज्दा उल्टै दुव्र्यवहार भएको घटना स्थानीयलाई जानकारी गराउन गएको मौका छोपेर श्रीमान रामप्रवेशले दुई लाठीले घाटी थिचेर पुनमको हत्या गरेको जनाइएको छ। 'घरमा आउँदा अचेत अवस्थामा रहेकी छोरीलाई टेम्पोमा राखेर उपचारका लागि मेजरगंजतर्फ लिएर जादै थियौं', मृतक पुनमका बुवा रामप्रसाद महतोले भने–'टेम्पोमा म पनि चढेर मेजगंज पुगे। मेजरगंजको क्लिनिकमा पुग्दा डाक्टरले छोरीलाई मृत घोषण गरेपछि ज्वाइँले पुन टेम्पोमा शव राखेर फरार भए।'
क्लिनिकबाट फर्किदा छोरीको शव लिएर टेम्पो चढेका बुवा रामप्रसादलाई बाटोमा गुडिरहेको टेम्पोबाट ज्वाइँ अमरप्रसादले धकेलेर लडाएका थिए। ससुरालाई बाटोमा लडाएर टेम्पो नेपालतर्फ नल्याइ भारततर्फ नै लिएर भागेको उनले बताए। कात्तिक २४ गते सोमबार साझ पुनमको मृत्यु भएको थियो।
शव लिएर फरार भएपछि तत्कालै प्रहरी चौकी मधुवनगोठमा जानकारी गराउँदा पनि शव फेला नपरेको मृतक पुनमका माइत पक्षले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडितले बताए। घटना भए पनि पीडितको शव लिएर पिडक फरार भएकोले अनुसन्धान भइरहेको हुँदा जाहेरी दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यता श्रीमतीको कुटपिटबाट मृत्यु भएपछि श्रीमान सहित परिवारका सबै सदस्य फरार भएकोले भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सुदम सिजापतीले बताए । मृतक पुनमको ८ महिने नबालक छोरा सहित तीन छोराछोरी छन्।
|
Category:
News
0 comments