Hindi Films

दुखद खबर: दुखजेठा दाइको शव लिएर फिरे तीन भाइ

Unknown | 12:46 | 0 comments

अफगानिस्तान (जलालावाद), कार्तिक ११ - लमजुङ, बेसीशहरबाट धन कमाउन अफगानी भूमीमा आएका गुरुङ परिवारका चारमध्ये जेठा छोराको आकस्मिक निधन भएपछि आफ्ना दाजुको शव लिएर तीन भाइ घर फिरेका छन् । अघिल्लो दिनसम्म फुटबल खेलमा रमाइरहेका ३४ बर्षे राजेन्द्र गुरुङको भोलीपल्टै आकस्मिक निधन होला भन्ने कसैलाई लागेको थिएन । तर भैदियो यस्तै । जलालावाद रोडस्थित ग्रिन भिलेजको शिविरमा तीन बर्षदेखि सुरक्षाकर्मीका रुपमा कार्यरत राजेन्द्र आइतबार राती 'सुतेको सुत्यै' अवस्थामा भेटिए । त्यो नसोचेको घटनालगत्तै एउटै कम्पनीमा कार्यरत माइला, साइला र कान्छा भाइ क्रमशः मीन, भीम र भेखराज गुरुङले तत्कालै कम्पनीबाट आकस्मिक बिदा मात्रै लिएनन्, एक साताको प्रकृया पुरा गरेर सोमबार मात्रै ठूल्दाइको शव नेपाल पुर्याएका छन् । काबुल आसपासमा रहेका बाहिरी मुलुकबाट आएका बिशिष्ट सेवाग्राही र कर्मचारीको बसोबास स्थल गि्रनभिलेजका सुरक्षा प्रबन्धक प्रकाश केसीका अनुसार मृतक राजेन्द्रको शव घरफिर्ता लैजानमा केही कागजी प्रकृयाको ढिलाइका कारण एक साता लागेको हो । राजेन्द्रको शव लिएर शाइला भाइ भीम सोमबार मात्रै काबुलबाट दुबइ हुादै काठमाडौं पुगेका छन् । परिवारको जेठो सदस्यको परदेशमा एकाएक निधन भएपछि आफन्त र परिवारजनमा सान्त्वना बााढ्न अरु दुइ भाइ भने अघिल्लो साता लमजुङ गैसकेका छन् । चार दाजुभाइमध्ये जेठा राजेन्द्र २०११ को सेप्टेम्बरमा काबुल आएका हुन्, त्यसअघि भिम २००९ को डिसेम्बर, मीन २०११ को जुलाइ र भेखराज २०१२ केा जनवरीमा यता आएका हुन् । अहिलेसम्म संयुक्त परिवारमा बस्दै आएका दाजुभाइले परिवारको समुन्नतीमा मिलीजुली काम गर्दै आएको गि्रनभिलेजका प्रबन्धक केसीले बताए । उनका अनुसार कम्पनी नियमानुसार सबै प्रकारको क्षतीपुर्ती र नेपाली कामदारका तर्फबाट दिइने आर्थिक सहयोग पनि गुरुङ परिवारलाई छिट्टै पठाइनेछ । ग्रिन भिलेजमा मात्रै २ सयभन्दा बढी नेपाली कामदार सुरक्षाकर्मी हैसियतमा कार्यरत छन् । "राजेन्द्र बिगतमा झण्डै ८ बर्ष साउदी अरबमा कार्यरत थिए भन्ने बुझेको हुा, अहिले गाउामा बस्ने छोराको पढाइ र श्रीमती तथा बाआमाको घरखर्चका लागि उनी काममा जुटिरहेका थिए",केसीले भने । मृतकको परिवारको हितका लागि गि्रनभिलेजमा कार्यरत नेपाली कामदारले मिलेर झण्डै ८ लाख रुपैंया आर्थिक सहयोग पठाउन लागिएको उनले बताए । यसरी सुत्दा सुत्दै मर्ने नेपालीबारे खाडी मुलुकबाट खबर आउने गरेपनि अफगानिस्तानमा पहिलोपटक यो घटना देखिएको उनले बताए ।

Category:

0 comments