Hindi Films

‘मेरी बास्सै’ छाडेपछि डेटिडमा व्यस्त माग्ने बुढा र मैया (फोटो फिचर)

Unknown | 05:22 | 0 comments

चर्चित हास्य टेलि चलचित्रको जोडी माग्ने बुढा र मैया यतिबेला प्रेममा परेको भिडियो सार्वजानिक हुने भएको छ । लामो समय देखि श्रीमान श्रीमतीको रुपमा अभिनय गरेको यो जोडीलाई लभ जोडीको रुपमा हेर्न पाईने भएको हो ,प्रकाश कटुवालको लोक गिती संग्रह ‘चोर विरालो’मा ।नितान्त कमेडी वेशमा सुटिड. गरिएको ‘चोर विरालो’मा कमेडी कलाकारहरुकै अनुहार देख्न पाईन्छ । ‘मेरी बास्सै’का कलाकारहरु माग्ने बुढा,मैया र दारी बुढाले अभिनय गरेको यो गित केही दिनमै दर्शकले भिडियोमा हेर्न पाउनेछन् । धुर्मुस संग मनमुटावमा परि ‘मेरी बास्सै’मा आफ्नो सहभागिता देखाउन छाडेका माग्ने बुढाले आफ्नो फुर्सतिलो दिनलाई सदुपयोग गर्दै पहिलो पटक लोक गितमा अभिनय गरेका छन् ‘चोर विरालो’मा कलाकार प्रकाश कटुवाल र श्री देवि देबककोटा को स्वर रहेको छ । फुल कमेडिमा बनेको चोर विरालोले दर्शक श्रोताको मन जित्ने सम्भावनाहरु धेरै छन् ।source:filmyzoom

Category:

0 comments