Hindi Films

बुटिकद्वारा नायिकामाथि चोरीको आरोप

Unknown | 09:26 | 0 comments

 

 
swastikamukherjeeआफ्ना प्रेमीसँग झगडा परेपछि आत्महत्याको प्रयास गर्ने बंगाली अभिनेत्री स्वस्तिका मुखर्जी एक पटक फेरी विवादले घेरिएकी छिन् । स्वस्तिका माथि सिंगापुरको एक बुटीकले सामान चोरेको आरोप लगाएको छ । अभिनेत्री आफ्ना निर्देशक प्रेमी सुमन मुखर्जीसँग एक फिल्म फेस्टिबलमा सरिक हुन सिंगापुर पुगेकी थिइन् ।

यदि सूत्रलाई मान्ने हो भने अभिनेत्रीले करिब २२,४७५ नेपाली रुपैयाँ पर्ने इयररिंग चोरी गरेकी छिन् । बुटीककी संचालिकाले आफूले आफ्नो बुटीकमा भएको सिसिटीभी क्यामराको मद्दतले चोरी गरेको थाहा पाएको जानकारी दिएकी छिन् ।
स्वस्तिका फिल्म ‘डिटेक्टिभ ब्योमकेश बक्सी’ बाट बलिउडमा कदम राख्ने तरखरमा थिइन् । यो फिल्ममा उनी सुशान्त सिंह राजपुतसँग देखिने बताइएको छ ।

सिसिटीभी फुटेजका अनुसार स्वस्तिकाले एउटा महँगो नेकपिस किनिन् । उनी फेरी अरु सामानहरु भए ठाउँमा जान्छिन् । त्यहाँ उनले इयररिंग लगाएर हेरिन् त्यसपछि त्यसलाई हातमा लिइन् र खाली बट्टालाई अर्को बट्टा पछाडि राखिदिन्छिन् ।
यद्यपी स्वस्तिका विरुद्ध कुनै पनि मुद्दा पुलिसमा दर्ता भएको छैन । (एजेन्सी)

Category:

0 comments