Hindi Films

आजको राशिफल :वि.सं.२०७१ साल कात्तिक २६ गते। मंगलबार। सन् २०१४ नोभेम्बर १२ तारिख।

Unknown | 12:25 | 0 comments

 


Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । उत्साहवर्द्धक समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
 समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला । नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। काममा केही चुनौती आइलाग्लान् । दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ। विभिन्न अवसर पाइने समय छ। तर, अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समेत योग छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्।
 
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
परिश्रम परे पनि काममा सफलता मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। भाग्योन्नतिको समय छ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धी परास्त होलान् । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या आउलान्। आर्जित धन खर्च हुनेछ। कृषिकर्म र व्यावसायिक काममा परिश्रम धेरै गर्नपर्ला । तापनि, प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ।
 
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):लेनदेनमा हानि र अनावश्यक वादविवादमा परिने समय छ । विचारलाई पनि तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले समेत आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
 
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। पशुधन र जमिनबाट पनि लाभ होला।

Category:

0 comments