Home �
CelebrityNews And Gossips
� गरिमाको नाम अगाडि आउँदा सुमिनालाई चिन्ता
Unknown |
04:19 |
0
comments
|
 |

मंसिर१९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रंग बैजनी’को निर्माणपक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा यसकी एक नायिका सुमिना घिमिरे नदेखिएपछि पत्रकारले प्रश्न सोधे–‘आखिर के हो कारण’ ?
चलचित्रकी अर्की नायिका गरिमा पन्तसँगको विवादका कारण सुमिना प्रचारमा नहिडेको हल्ला चलिरहँदा निर्देशक शम्भु प्रधानले पनि यसको बचाउँ गरे । उनले सुमिना पहिलो पत्रकार सम्मेलनमा आएपनि त्यसपछि मोबाइल स्विच अफ गरेर बसेको भन्दै प्रधानले उनीसँग सम्पर्क हुन नसकेको बताए ।
यता, नायिका गरिमा पन्तले भने सुमिना र आफूविच कुनै पनि खालको लफडा नरहेको बताइन् ।
नायिका गरिमा पन्त र सुमिना घिमिरेको सम्बन्ध नराम्रो रहेकाले आफूलाई काम गर्न अप्ठ्यारो भएको बताएका नव–नायक दिकपाल कार्कीले उनीहरु अभिनयमा डुबेका कारण यस्तो भएको बताए ।
दिकपालले कुरा घुमाइरहँदा गरिमाले आफ्नो कम बोल्ने बानी भएकाले पनि त्यस्तो भएको हुनसक्ने भन्दै बचाउँ गरिन् । तर, गरिमा र सुमिनाको लफडा भने चलचित्र छायांकनको सुरुवातबाट नै सुरु भएको वुझिन्छ ।
अनलाइनखबरलाई श्रोतले भन्यो–‘चलचित्र बन्ने समयदेखि नै मिडियामा गरिमाको नाम सुरुमा आउने गरेको थियो । गरिमाको नाम सुरुमा आउँदा सुमिनाले भित्री रुपमा आपत्ती जनाएकी थिइन् ।’
‘गरिमाको नाम आएपछि मात्र आफ्नो नाम आउँदा सुमिनाले आफूलाई सहायक नायिकाको रुपमा दर्शकले चिन्ने गुनासो गर्दै यो दोहोरिएको खण्डमा आफू प्रचारमा नहिड्ने बताएकी थिइन्’, श्रोतले भन्यो ।
गरिमा पन्तको नाम अगाडि आएकाले भित्री रुपमा केही चिडिएकी सुमिना यसपछि प्रचारमा खासै देखिइनन् । उनी गरिमा नहुँदा आयोजना भएको एक पत्रकार सम्मेलनमा मात्र उपस्थित भएकी थिइन् । यसपछि, हरेक पत्रकार सम्मेलनमा गरिमा उपस्थित छिन् भने सुमिना अनुपस्थित ।
|
 |
Category:
CelebrityNews And Gossips
0 comments