Hindi Films

‘क्या कमाल बबाल छौ तिमी, हे नम्रता’(फोटो फिचरसहित)

Unknown | 09:26 | 0 comments

४ जना यूवा, चलचित्र बनाउने धुनमा बग्दै जाँदा आफै अभिनय गर्न पुग्छन् । त्यो पनि, चर्चित नायिका नम्रता श्रेष्ठसँग । चलचित्र ‘अधकट्टी’मा यस्तै कथावस्तु बुनिएको छ । कथावस्तु अनुसार आज काठमाण्डौको भृकुटीमण्डपस्थित फन पार्कमा चलचित्रमा समावेश एक गीतको छायांकन गरिएको छ । गीतको बोलले भन्छ-‘क्या कमाल, बबाल छौ तिमी, हे नम्रता’ । बाहिर दुनियाँमा जस्तै चलचित्र भित्र पनि नायिका नम्रता श्रेष्ठ नायिकाको नै भूमिकामा देखिएकी छिन् । आज छायांकन गरिएको गीतमा चलचित्रका कलाकारहरु गौरव पहारी, प्रदिप बाँस्तोला, गजित बिष्ट, विल्सन विक्रम राइको मुख्य भूमिका छ । गीतमा यी चारै जना कलाकारसँग नम्रताले नृत्य गरेकी छिन् । प्रदिप उदयको निर्माणमा तयार भएको चलचित्रमा सुव्रत आचार्यले निर्देशन गरेका छन् । संचारकर्ममा लामो समयदेखि लागेका सुव्रतले पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका हुन् । यो गीतमा रंजित आचार्यको गीत, राजन इशानको संगीत, नीशा देशार, राजन इशान र यूवराज चौलागाइको स्वर छ । चलचित्रको व्यापारमा यो गीतले फाइदा पुर्‍याउने विश्वास गरिएको छ । चलचित्रमा रिस्ता बस्नेत र अशिष्मा नकर्मीको पनि मुख्य भूमिका छ ।

Category:

0 comments