Hindi Films

सञ्जय दत्तकी छोरीले कारुणिक भावमा बाबा भन्दै पोष्टर समातेपछि

Unknown | 10:32 | 0 comments

बलिउड अभिनेत सञ्जय दत्त यतिबेला जेलमा छन् । पुरानो मुद्धामा उनी हतियार राखेको अभियोगमा जेल सजायँ भुक्तान गरिरहेका छन् । तर पनि उनी अभिनित २ फिल्म रिलिज हुँदैछन् । सञ्जय दत्तका छोरा छोरी यतिबेला बाबुलाई देख्न नपाएपनि फिल्म र पोष्टर हेरेर चित्त बुझाउँछन् । यस्तै भयो आमिर खान र सञ्जय दत्त अभिनित 'पीके' नामक चलचित्रको रिलिजका क्रममा । गीतको स्क्रिनिङका क्रममा छोरी लिएर कार्यक्रममा आएकी सञ्जय दत्तकी पत्नि मान्यतालाई छोरी सम्हाल्नै कठिन भो । जव उनले बाबुको पोष्टर देखेर पापा पापा भन्दै मुसार्न थालिन् । यो चलचित्रमा सञ्जय दत्त पुलिसको भूमिकामा छन् । यो तस्विर अहिले इन्टरनेटमा भाइरल भएको छ । एजेन्सी source:nepaliheadlines

Category:

0 comments