Hindi Films

ईमान्दार, ह्यान्डसम, पढेको युवक देख्दा काउकुति लाग्छ,र सेक्सको अनुभूति पाउन थालेकी छु!

Unknown | 08:59 | 0 comments

टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्कीको अन्तिम लक्ष्य सिनेमामै सफलता हात पार्नु रहेको छ । सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी छिन् । उनीसँग गरिएको कुराकानी ।
कस्तो पुरुष देख्दा काउकुति लाग्छ ? मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ । देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ? म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु । कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ? जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें । कहिलेदेखि सेक्सको अनुभूति भयो ? मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्थ्यो तर अहिले मज्जैले सेक्सको अनुभुति हुन थालेको छ । प्रेम कत्तिको गरियो ? स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु । आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ? मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ । के कुराको स्पर्शले यौन चाहना बढ्छ ? यस्तो कुराको अनुभव नै छैन । सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ? सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन । पहिलो चुम्बन याद छ ? मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न । निलो सिनेमा हेर्नु भएको छ ? मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन । यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ? खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु । युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ? मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ । मेकअप कत्तिको गरिन्छ ? मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु । नेपालका कुन नेतासँग डेटिङ जान मन छ ? मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ । नेपालको कुन नायकसँग डेटमा जान मन छ ? आर्यन सिग्देलसँग डेटमा जान मन छ । नेपालको कुन हिरोले आकर्षण गर्छ ? जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ । कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ? म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । - अनलाइन

Category:

0 comments