Hindi Films

जोडी नपाएका युवायुवतीले अर्धनग्न भएर मनाए ‘एक्लो दिवस’ (फोटोफिचर सहित)

Unknown | 07:52 | 0 comments


फेब्रुअरी १४ मा प्रेमजोडीहरुले भ्यालेन्टाइन डे मनाउँछन् । तर यो दुनियामा केवल जोडीहरुका लागि मात्र विशेष दिवस छैनन् । जोडी नपाएर एक्लै बसेकाहरुका लागि भनेर समेत विशेष दिवस मनाइन्छ चीनमा । हो, चीनमा हरेक वर्ष नोभेम्बर ११ मा एकल दिवस अर्थात् सिंगल्स डे मनाउने गरिन्छ ।
चिनिया भाषामा ग्वांगुन जी भनिने यो एक्लो दिवस चिनिया तन्नेरीहरुमा निकै लोकप्रिय रहेको छ । यो दिवसका अवसरमा युवायुवतीहरुले पार्टीको आयोजना गर्नुका साथै आफुजस्तै जोडी नपाएकाहरुसँग भेटघाट तथा चिनजान गर्ने, रमाइलो गर्ने र त्यहीँबाट युगल जोडी बन्ने मौकाको रुपमा पनि लिन्छन् ।
single day2
अंग्रेजी महिनाको नोभेम्बर एघार तारेखमा महिना र गते हरेकमा गरी चार वटा ‘१’ अंक रहने र चीनमा १ अंकलाई विशेष मान्ने गरिन्छ ।
सन् १९९० देखि मनाउन थालिएको यो सिंगल्स डे यो पटक चीनको हुबेइ प्रान्तका युवायुवतीहरुले विशेष रुपले मनाए । हुबेइका सयौँ युवाहरुले अर्धनग्न भएर एकल दिवस मनाएका छन् ।
त्यस अबसरमा युवतीहरुले भने विवाहको पहिरन गाउन लगाएर र्यालीमा भाग लिएका थिए ।
single day1
त्यस्तै बुहान सहरको गुआंगु प्लाजा बाहिर ट्राउजर नलगाएका सयौँ युवायुवती भेला भए । स्थानीय पसलेहरुले कपडा नलगाएकन आउने २ सय जना युवायुवतीलाई सित्तैमा कपडा दिने भनेपनि उनीहरु अर्धनग्न भएर त्यहाँ गएका थिए ।
त्यस्तै नानजिङ सहरमा युवाहरु कट्टु तथा युवतीहरु बिकिनी लगाएर सिंगल्स डेको पार्टीमा सहभागी भए ।
च्वक्विंग सहरमा धेरै युवा तथा अधवैशे पुरुषहरुले अर्धनग्न भई पानीमा डुबुल्की मारेर सिंगल्स डे मनाएका छन् ।
single day3

स्मरण रहोस् भ्यालेन्टाइन डे को प्रतिकार स्वरुप सिंगल्स डे मनाउने गरिएको हो । धेरै जोडीहरुले भ्यालेन्टाइन डे को दिन विवाह गर्ने पश्चिमा चलनलाई धक्का दिँदै चिनिया युवा युवतीहरुले सिंगल्स डे कै दिन जोडी खोज्ने र विवाह गर्ने चलन बढेको छ ।
सिंगल्स डे का दिनका चीनमा थोक तथा खुद्रा व्यापार निकै उच्च दरमा बढ्ने गर्छ । किनकी युवा युवतीहरुले यो दिवसमा आयोजना गर्ने पार्टीमा मज्जाले खर्च गर्ने तथा किनमेल गर्ने गर्छन् ।
single day5

यो पटकको सिंगल्स डे मा अनलाइन सपिङ साइटले अहिलेसम्मकै बढि व्यापार गर्दै एकै दिनमा ९ अर्ब ३० करोडको अनलाइन व्यापार गर्न सफल भएको छ ।

Category:

0 comments