देशकै धनी ब्यक्ति सवार विमान जलेको सन्देश आएपछि ...
![]() |

एजेन्सी ।
भारतका सबैभन्दा धनी ब्यक्ति मुकेश अम्बानी सवार विमानमा आगलागी भएको हल्ला चलेपछि भारतमा हंगामा मच्चिएको छ । मुम्बइ विमानस्थलमा अम्बानी सवार विमानमा आगलागी भएको भन्दै सन्देश आएपछि यसले भारतभरी तरंग ल्याएको हो ।
आफ्नो निजी एयरबस 319 मा सवार अम्बानीको विमानमा आगो लागेको सन्देश गत सोमवार राति विमानस्थलको नियन्त्रण कक्षमा आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पहिलो सन्देशमा विमान दिल्लीबाट मस्कट जाँदै गर्दा विमानमा आगो लागेको र यो खसेको भनेर आएको अधिकारीहरुले बताएका छन् ।
त्यसैगरी केही समयपछी विमान समुन्द्रमा खसेको भनेर समेत सूचना आएको थियो ।

यस्तो सूचना आएपछि अधिकारीहरुले वास्तविकता थाहा पाउन निक्कै हाहाकार गरे । तर पछि अम्बानीको निवाश नजिककैको विमानस्थल ह्याङ्गरमा उनको विमान रहेको थाहा पाएपछि भने अधिकारीहरु जिल्लिए ।
खासमा यो सन्देश विमानका चालकले त्यहाँ भएको रेडियोको परीक्षण गर्दा गएको थियो । तर उनले परीक्षण गर्न लागेको जानकारी नदिएका कारण अधिकारीहरु आत्तिएको खुल्न आएको छ ।
अम्बानीका प्रवक्ताले विमानको आपतकालीन परीक्षणका क्रममा सो त्रुटी भएको भन्दै क्षमा याचना गरेका छन् ।
भारतका सबैभन्दा धनी ब्यक्ति मुकेश अम्बानी सवार विमानमा आगलागी भएको हल्ला चलेपछि भारतमा हंगामा मच्चिएको छ । मुम्बइ विमानस्थलमा अम्बानी सवार विमानमा आगलागी भएको भन्दै सन्देश आएपछि यसले भारतभरी तरंग ल्याएको हो ।आफ्नो निजी एयरबस 319 मा सवार अम्बानीको विमानमा आगो लागेको सन्देश गत सोमवार राति विमानस्थलको नियन्त्रण कक्षमा आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पहिलो सन्देशमा विमान दिल्लीबाट मस्कट जाँदै गर्दा विमानमा आगो लागेको र यो खसेको भनेर आएको अधिकारीहरुले बताएका छन् ।
त्यसैगरी केही समयपछी विमान समुन्द्रमा खसेको भनेर समेत सूचना आएको थियो ।

यस्तो सूचना आएपछि अधिकारीहरुले वास्तविकता थाहा पाउन निक्कै हाहाकार गरे । तर पछि अम्बानीको निवाश नजिककैको विमानस्थल ह्याङ्गरमा उनको विमान रहेको थाहा पाएपछि भने अधिकारीहरु जिल्लिए ।
खासमा यो सन्देश विमानका चालकले त्यहाँ भएको रेडियोको परीक्षण गर्दा गएको थियो । तर उनले परीक्षण गर्न लागेको जानकारी नदिएका कारण अधिकारीहरु आत्तिएको खुल्न आएको छ ।
अम्बानीका प्रवक्ताले विमानको आपतकालीन परीक्षणका क्रममा सो त्रुटी भएको भन्दै क्षमा याचना गरेका छन् ।
![]() |
Category: News

0 comments