Home �
News
� पारस–हिमानी सम्बन्ध कानुनी मात्र
Unknown |
08:48 |
0
comments
काठमाडौं,कात्तिक २९ – चार वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अब कानूनी रुपमा मात्रै सीमित भएको छ । उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् । पारस बैंककमा थाइ युवती कन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका कन्निकालाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिबकरिब टुटिसकेको अवस्थामा पुगेको छ ।
प्रेमिकाकै कारण पारस र हिमानीबीचको सम्बन्ध विग्रदै गएको छ । पारसले फेसबुकबाटसमेत प्रेमिकाको चर्चा गरेका छन् । बुधवार पारसले राखेको फेसबुक स्टाटसमा प्रेमिकासँग माफी मागेका छन् । प्रेमिकालाई अचानक शंका गरिएको भन्दै उनले अफसोच पोखेका छन् । कन्निकाको फोटोलाई उनले सेयर समेत गरेका छन् । स्टाटसको एक ठाउँमा उनले प्रेमिकालाई स्त्री लेखेका छन् । पारसको यस्तो ब्यवहारबाट हिमानी निकै दुखित भएको उनका सहयोगीहरु बताउँछन् । पारसले फेसबुकमा हिमानीको चर्चासमेत गर्दैनन्, न त हिमानीले पारसबारे केही लेख्ने गरेकी छन् । बरु, छोराछोरीको तस्वीर राख्ने गरेकी छन् । हृदयेन्द्र मोटरसाइकल चढेको फोटो केही समयअघि उनले फेसबुकमा राखेकी थिइन् । केही समयअघि गाँजासहित पक्राउ परेपछि पारसलाई भेट्न र लिन हिमानीले बैंकक जाने सोंच बनाएकी थिइन् । प्रहरीबाट हिरासतमुक्त भएपछि पारसले आफूलाई प्रेमिका कन्निकाले फसाएको फेसबुकमा उल्लेख गरेका थिए । त्यसपछि निर्मल निवासले हिमानीलाई बैंकक पठाउँने र नेपाल ल्याउँने सोंच बनाएको थियो । हिमानी पनि जान तयार भएकी थिइन् । तर, पारसले कन्निका काठमाडौ आउन तयार नभएको जनाएपछि पारसलाई नेपाल ल्याउने सोंच परिवारले त्यागेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
|
Category:
News
0 comments