Hindi Films

विश्वका शक्तिशाली हस्तीको नाम सार्वजनिक, पुटिन पहिलो, मोदी पन्ध्रौं स्थानमा |

Unknown | 21:37 | 0 comments

 November 6, 2014  |  बिहीवार 20 कार्तिक, 2071
काठमाडौं, कार्तिक २० । चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका एक से एक हस्तीलाई उछिन्दै एक नम्बरमा स्थान बनाएका छन् ।
पुटिन लगातार दोस्रो पटक अमरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै उक्त स्थानमा परेका हुन् । चिनियाँ राष्ट्रपतिशी जिनपिङ तेस्रो स्थानमा रहँदा इसाई धर्मगुरु पोप फ्रान्सिस चौथो तथा जर्मन चान्सलर एञ्जेला मर्केल पाँचौं स्थानमा छन् ।
उच्च दशमा स्थान बनाउने महिलामा मर्केलका अतिरिक्त अमेरिकी फेडरल बैंककी जनेट एलेन छिन् । माइक्रोसफ्टका मालिक सातौं स्थानमा रहँदा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने दशौं नम्बरमा रहेका छन् ।
यता भारतका प्रधानमन्त्री नरेंद्र मोदीले पनि पहिलो पटक विश्वका हस्तीको सूचीमा नाम लेखाएका छन् । उनी संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा पन्ध्रौं नम्बरमा छन् । मोदीले सुरक्षित गरेको पन्ध्रौं नम्बरबारे फोब्र्सले भनेको छ, भारतका नयाँ रकस्टार बलीवुडबाट नभई आम चुनावमा भारी जीतका साथ कार्यभार सम्हाल्ने नवनिर्वाचित प्रधानमन्त्री हुन्  

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments