Hindi Films

लास पोल्दापोल्दै लिम्बू सन्किएर एअर पोर्ट छिरेपछि>>>>>>>>>>>………

Unknown | 21:59 | 0 comments

लास पोल्दापोल्दै लिम्बू सन्किएर एअर पोर्ट छिरेपछि>>>>>>>>>>> काठमाडौं – अनेकन हत्याको अभियोगमा जेलसजाय भोगिरहेका फ्रान्सेली नागरिक चाल्र्स सोभराजले यसै भनेका होइन रहेछन्,‘नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन सक्छु ।’ सन् १९९९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डियन एयरलाइन्सको जहाज आइसी–८१४ हतियारधारी आतंकवादी समूहले अपहरण गरी त्यत्तिकै अफगानिस्तानको कान्दाहार पुर्याएको रहेनछ । सार्क सम्मेलनको सुरक्षा संवेदनशीलता चुनौतीपूर्ण रहिरहेकै बेला हेर्दा सानो तर परिणाम डरलाग्दो पनि हुनसक्ने एउटा घटनाको पुनरावृत्ति भएको छ । विमानस्थलको बार काटेर एउटा मान्छे अनधिकृत रुपमा भित्र छिर्न खोज्दा सेनाको कब्जामा परेपछि सेक्युरिटी ल्याप्सेज (सुरक्षा कमजोरी) छर्लंग भएको हो । कात्तिक २५ गते बिहान १० बजेको उज्यालैमा कार्गो बिल्डिङ र आयल निगमको बीचस्थित खोँचेको चेन लिंक प्वालबाट बार काटी धावनमार्गतर्फ छिर्न लाग्दा ओखलढुंगा च्यानम गाविस–७ निवासी खड्ग लिम्बुलाई कालिप्रसाद गणको सैन्य गस्तीले फेला पारेको बताइन्छ । पशुपतिमा लास पोल्दै आएको निज व्यक्ति सोही दिन गौशाला प्रहरी हिरासतमा पुगेको थियो । गाँजा या अन्य लागुऔषधको सुरमा पनि कोही व्यक्ति अत्यन्त कडा पहरा रहेको विमानस्थलको बार भत्काएर किन रन–वेतिर छिर्न खोज्छ ? सेनाले लेखेको पत्रमा ‘उक्त प्वालबाट यसअघि पनि अनधिकृत व्यक्ति छिर्न खोजेको र यसबारे सम्बन्धित निकायको बारम्बार ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएको हुँदा अन्यथा भविष्यमा ठूलो आपराधिक घटना घट्नसक्ने चेतावनी दिइएको छ,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Category:

0 comments