Hindi Films

पुरुषको रोजाइमा २० वर्षे यौनसाथी, महिलाले कस्तो पुरुष रोज्छन र किन ?हेर्नुहोस!

Unknown | 09:37 | 0 comments

२०७१ कार्तिक २५ गते
पुरुष चाहे त्यो १८ वर्षको होस् वा ३० वर्षको अथवा सो भन्दा माथिको । सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ । फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०-२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ । सँग सहवासका लागि सबैभन्दा धेरै इच्छा जाग्ने बताएको पको इच्छा व्यक्त गरेको पाइयो । १२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो । त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो । यसको नतिजा नतिजा महिला र पुरुषमा भिन्न भिन्न पाइयो । महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौन सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो । अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् । तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् । तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो । अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ । शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो । महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो । शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ । पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् । महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ । यो सम्बन्धि शोध इभोलुसन एण्ड ह्युम बिहेभियर जर्नलमा छापिएको छ ।

Category:

0 comments