Home �
News
� जब होटल सोल्टीमा बस्ने विषयलाई लिएर मोदी–सरिफबीच हानाथाप भयो
Unknown |
04:27 |
0
comments
|
 |

काठमाडौं, मंसीर १४ – भर्खरै सार्क शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भइसकेको छ । तर, सार्कका बेला भएका केही रोचक घटनाहरु भने बल्ल बाहिर आउन थालेको छ । यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकीस्तानी प्रधानमन्त्री नवाज सरिफबीच होटल सोल्टीमा बस्ने विषयलाई लिएर चर्को हानाथाप परेको तथ्य रातोपाटीले पत्ता लगाएको छ ।
भारतले सार्क शिखर सम्मेलनको दौरान आफ्नो प्रधानमन्त्री बस्ने ठाउँ सोल्टी होटलको मुख्य बिल्डिङको अन्नपूर्ण स्वीट छानेको थियो । जुन ठाउँमा नेपालमा भएको २००२ को सार्क सम्मेलनको बेला तत्कालीन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयी बसेका थिए । भारतले मेन बिल्डिङ्को अन्नपूर्ण स्वीट मागेको थाहा पाएपछि पाकिस्तानले पनि भारतले प्रयोग गरेको जस्तै स्वीट आफ्ना प्रधानमन्त्रीको लागि हुनुपर्ने अडान राख्यो । पाकिस्तानले आफ्नो प्रधानमन्त्रीलाई नीजी डाक्टर र सहायकहरु पनि संगै रहनुपर्ने माग गर्यो ।
सोल्टी होटल स्रोतका अनुसार पाकिस्तानले अरु ठाउँमा नबस्ने भनेपछि मेन बिल्डिङ्कै अर्को चार तलामा भारतीय प्रधानमन्त्रीलाई बनाइएको जस्तै स्वीट हतारमा तयार गर्यो । तर पछि पाकिस्तानी प्रधानमन्त्रीले सार्क भिल्लामै बस्छु भनेपछि रातारात तयार बनाइएको स्वीटमा नेपालका प्रधानमन्त्री सुशिल कोइराला बसेका थिए ।
स्रोतका अनुसार भारत र पाकिस्तानबीच बस्ने ठाउँलाई लिएर हानाथाप चलेपछि दुई राष्ट्रका सरकार प्रमुखहरुलाई बसाउने विषयले सोल्टी होटलका उच्च पदस्त कर्मचारीलाई समेत हैरानी श्रृजना गरेको थियो ।
यसै बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बीनी र मुक्तिनाथको धार्मिक यात्रा रद्द गरेपछि भारतीय दुतावासलाई आफूले आयोजना गरेको भोज स्थगित भयो भन्दै सम्बन्धितहरुलाई खबर गर्न हैरानी परेको स्रोतको भनाइ छ । धार्मिक यात्रा गरेर काठमाडौं आएपछि सार्क उद्घाटन समारोहमा सामेल भएलगतै मोदीकै आयोजनामा भारतीय दुतावासमा एक हजार जना पाहुनालाई भोज खुवाउने कार्यक्रम तय गरिएको थियो । भोजका लागि होटल हयातले क्याटरीङ समेत लिएको थियो ।
source: ratopati
|
 |
Category:
News
0 comments