Hindi Films

सलमानलाई कपिलले पछारे

Unknown | 03:21 | 0 comments

एजेन्सी । बलिउडमा मात्र होइन टेलिभिजन सेलिब्रेटीकोरुपमा समेत रहेका सलमान खान टेलिभिजनमा कमेडियन कपिल शर्मासँग पछि परेका छन् । सलमानको बिग बोस रियालटी शोलाई कपिलको कमेडी शो कमेडी नाइट्स विथ कपिलले पछि पारेको हो । शुरु देखि चर्चित रहेको कमेडी नाइट्सले बिगबोसलाई टेलिभिजन रेटिङ पोइन्ट अर्थात टीआरपीमा पछि पारेको हो । कपिल शर्माको शो ले १ नम्बरमा रहेको बिग बोसलाई पछारेपछि सलमान र कपिलबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । सँधै सबै भन्दा माथि टिआरपी हुने बिग बोस सिजन ८ भने तुलनात्मकरुपमा कमजोर मानिएको छ । यस पटकका प्रतियोगीहरु चर्चित नभएका कारण यस्तो भएको विश्लेषकहरुले बताएका छन् । source:nepaliheadlines

Category:

0 comments