नेपाली र भारतीय बाँदरबीच भव्य बिहे (फोटोफिचर सहित)
![]() |
एक जोडी बाँदरको बिहेमा आयोजना गरिएको भव्य समारोहमा झण्डै ३ सय जना गाउँलेहरु उत्साहपूर्वक सहभागी भए । बेहुलो नेपाली मूलको र बेहुली खाँटी भारतीय ।
गत सोमबार साँझ भएको विवाह समारोहमा भाले बाँदर अर्थात् बेहुलोलाई पहेँलो टिसर्ट पहिराइएको थियो भने बेहुली अर्थात् पोथी बाँदरलाई सुन्तला रंगको फ्रक । १३ वर्षको बेहुलोको नाम रामु हो भने बेहुलीको नाम रामदुलारी ।
भारतको बिहारस्थित बेतियाका बासिन्दा उदेश महतोले आफ्नो घरमा पालेका दुइ बाँदरबीच बिहे गराइदिए । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका उदेशले घरमा पालेको बाँदरलाई आफुले आफ्नो जेठो छोरोको रुपमा माया गर्ने गरेको बताउँछन् ।
बेहुलो रामुलाई ७ वर्षअघि उदेशले नेपालबाट लगेका थिए । बेहुली रामदुलारीलाई भने उनले २ वर्षअघि गाउँमै २५ सय भारुमा खरीद गरेका थिए । सुरुमा ती भालेपोथी बाँदरलाई घरमा पाल्दा खासै नमिल्ने गरेको भएपनि पछि भने उनीहरुले एक अर्कालाई मन पराउन थालेको हुँदा आफुले ती दुइबीच बिहे गरिदिएको उदेश बताउँछन् ।
बिहे समारोहमा बेहुला बेहुलीलाई फूलले सजाइएको गाडीमा राखेर घुमाइएको थियो । स्थानीय पुजारी सुनिल शास्त्रीले हिन्दु परम्परा अनुसार रामु र रामदुलारीको बिहे गराइदिए । सुरुमा आफुलाई बाँदरको बिहे गराउन असजिलो तथा अनौठो लागेको भएपनि महतोको प्रतिबद्धता देखेपछि आफुले बिहेको राम्रो लगन हेरेर बिहे गराइदिएको उनको भनाइ छ ।
रामु र रामदुलारीको बिहेको लागि कार्ड समेत छपाइएको थियो र बिहे समारोहमा बाजा बजाउन ब्याण्डलाई निम्ताइएको थियो । साथै समारोहमा बोलाइएका पाहुनाहरुलाई भोजको समेत आयोजना गरियो ।
बिहेपछि सांग्लोले बाँधिएका रामु र रामदुलारीलाई स्वतन्त्र विचरण गर्न दिइएको छ ।
स्मरण रहोस् भरतको उडिसानामा ६ वर्षअघि पनि यसैगरी दुइ बाँदरको बिहे गराइएको थियो । एजेन्सीहरु
![]() |
Category: News






0 comments