Hindi Films

घर बाहिर बोलाएर शिक्षकको हत्या, हात तीन टुक्रा

Unknown | 02:13 | 0 comments

घर बाहिर बोलाएर शिक्षकको हत्या, हात तीन टुक्रा November 18, 2014 |
रौतहट, मंसिर २ । रौतहटको भसेढवामा धारिलो हतियार प्रहार गरी गएराति एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा भसेढवामा गाविस वडा नम्बर ९ का २४ बर्षिय तपस्वीप्रसाद यादव छन् । घरमै बसिरहेका यादवलाई अज्ञात समूहले फोन गरेर घर बाहिर बोलाई हत्या गरेको प्रहरीले जनाएको छ । उनको हात तीन टुक्रा पारिएको छ भने टाउको र जीउमा चोट लागेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । यादव पेशाले शिक्षक हुन् । व्यक्तिगत रिसिबीका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Category:

0 comments