Hindi Films

सेक्‍सी रेसमा छैनन् रीमा

Unknown | 03:31 | 0 comments

हिरोइन बन्नु र राम्री हुनुमा फरक देख्छिन् रीमा विश्वकर्मा। 'राम्री भए पनि अभिनय गर्न आउँदैन भने चलचित्र क्षेत्रमा नआए हुन्छ', उनी प्रस्ट पार्छिन्', 'चलचित्रका लागि चाहिने पहिलो आवश्यकता अभिनयकला नै हो।' यसलाई गुरुमन्त्रका रूपमा लिएकी रीमाको अभिनयलाई नयाँपुस्ताले रुचाएको छ। पाँच वर्षपहिले 'जिन्दगीभर साथ' बोलको गीतमा भिडियो मोडलिङ गरी यस क्षेत्रमा पाइला राखेकी रीमाले 'कुन रङको कमी भो र', 'मेरो दिल छ पोखरामा', 'छाएछ वसन्त', 'भेट होला जब हाम्रो', 'सुख मिलोस्' लगायत तीन सयको हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन्। प्रसन्न पौडेल निर्देशित 'स्वर'बाट चलचित्रमा डेब्यु गरेकी रीमाले 'भिजा गर्ल', 'ऋतु', 'भाले फाइट', 'सिक्स फिट लाइफ', 'स्केप'जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् भने अहिले 'बाटोमुनिको फूल २'को तयारीमा छिन्। २०५४ सालतिर नेपाल टेलिभिजनबाट प्रसारित बाल कार्यक्रम 'जाँदाजाँदै'को प्रस्तोताका रूपमा क्यामेरासँग खेल्न थालेकी रीमा अभिनयमा आउनुअगाडि सञ्चारकर्मीका रूपमा कार्यरत थिइन्। बर्दियाको गुलरियामा २३ वर्षअगाडि जन्मेकी उनी मास कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। उनको विचारमा प्रेम प्रेम संसारको सबभन्‍दा सुन्‍दर अनुभूति हो। अनि विवाह त्‍यसलाई अगाडी बढाउने र कसैप्रति प्रतिबद्ध हुने अनुपम माध्‍यम।

Category:

0 comments