खाडी मुुलुकमा कस्तो छ नेपाली महिलामाथिको ज्यादती
![]() |
सामाजिक न्याय तथा मानवअधिकार समितिले “कुवेतस्थित नेपाली राजदूतावास र अन्य खाडी मुलुकमा श्रमरत नेपालीहरुको अवस्थाबारे परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय एवं वैदेशिक रोजगार व्यवसायी संघसँग जानकारी दिई समितिसमक्ष प्रतिवेदन पेस गर्न उपसमितिस्तरको कार्यदल गठन” गठन गरेको छ ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षमा बुधबार भएको बैठकले उक्त निर्णय गरेको हो । निरीक्षण समितिका संयोजक एवम् सदस्य भने बैठकले तोकेको छैन ।
समितिले कुवेतस्थित नेपाली दूतावासमा रहेका महिला श्रमिकको अवस्थाबारे जानकारी दिन श्रम तथा रोजगार मन्त्री तथा उनले नेतृत्व गरेका विभागका उच्च अधिकारीबाट महिला श्रमिकको अवस्था र मानवाधिकारबारे जानकारी लिएपछि त्यस्तो निर्णय गरेको हो ।
गत असोज २८ गतेसम्ममा २०६ जना महिलाहरु रहेकामा दूतावसको ‘पार्किङ’ स्थलमा बसेका र उनीहरुलाई कुवेत सरकारको नियमानुसार विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्वेच्छाले बाहिर निस्केका महिलाहरुलाई काममा जान चाहेमा काममा लगाउने र अन्यलाई नेपाल फर्काउने जिम्मा उनीहरूका एजेन्टलाई नै दूतावासले जिम्मा लगाएको जानकारी सरकारले गरायो ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया, कतार, साउदी अरेबिया, दुबई, कुबेतलगायत मुलुक छन् । वैदेशिक राजगार ऐन, २०६४, नियमावली २०६४ ले महिला र पुरुष कामदारका सम्बन्धमा कुनै विभेद नगरेकाले नियमानुसार उनीहरू गएका हुन् ।
वैदेशिक राजेगारीमा गएका नेपाली कामदारहरु अदक्ष बढी भएका हुँदा निश्चित रुपमा गन्तव्य मुलुकहरुमा अन्य मुलकका कामदारभन्दा न्यून तलब, काम कठिन, जोखिम बढी, भने बमोजिमको काम तलब नपाउने जस्ता यावत समस्यहरु विगतकोभन्दा न्यून हुँदै गएको भए तापनि समस्या मुक्त नभएका जानकारी दिँदै सरकारले श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, नेपाली दूतावासहरु सबै पक्षको प्रयासमा कामदारका समस्या समाधान गर्न विदेशमा उनीहरूले भोग्नुपरेका समस्याको निदानका लागि आवश्यक काम गरिरहेको श्रम तथा रोजगार मन्त्रालयका कायममुकायम सचिव भोलाप्रसाद सिवाकोटीले जानकारी दिए ।
नेपाली दूतावासहरुलाई स्रोत साधन सम्पन्न बनाई नेपाली कामदारका पीरमर्का एवम् मानवअधिकार संरक्षणका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट समयसमयमा उल्लेख्य रुपमा दूतावासलाई रकम उपलब्ध गराएको छ । प्रमुख गन्तव्य मुलुकमध्ये दुबई र कतारमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने मलेसिया, साउदी अरब र कुबेतसँग नेपाली कामदारको हित प्रवद्र्धन हुने गरी समझदारी गर्ने प्रयास भइरहेको छ ।
वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई व्यक्तिगत प्रवेशाज्ञामा वैदेशिक रोजगारीमा पठाउँदा उत्पन्न समस्या हल गर्न श्रम तथा रोजगार मन्त्रालयले संस्थागत रुपमा मात्र घरेलु कामदार पठाउने व्यवस्था लागू गर्नका लागि वैदेशिक राजेगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी कार्य विधि २०७१ मस्यौदा तर्जुमा गरी निर्णयको चरणमा पु¥याएको छ । उक्त व्यवस्था लागू नहुँदासम्मका घरेलु कामदार पठाउने व्यवस्थालाई स्थगन गरिएको छ ।
गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका ३४ लाख ४७ हजार नेपालीमध्ये महिलाको सङ्ख्या एक लाख १४ हजार छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News


