Hindi Films

माग्ने बुढा हिरो, मैयाँ हिरोइन (भिडियो)

Unknown | 04:36 | 0 comments

काठमाडौं । हाँस्य ब्याङग्यको क्षेत्रमा आफ्नै स्थान बनाएका कलाकार केदार घिमिरे (माग्ने बुढा) र सुनिता (मैयाँ) हिरो हिरोइन बनेका छन् । श्रीदेबी देबकोटाको नयाँ गीत ‘चोर बिराला’ मा हाँस्य टेलिचलचित्र ‘मेरीबास्सै’का यी जोडीले अभिनय गरेका छन् । सिरियलमा पाको उमेरका जोडी बनेका यी कलाकार म्युजिक भिडियोमा भने बिबाह गर्ने उमेर पुगेका तर, बिबाह नभएका पात्रको रुपमा देखिएका छन् ।
तिम्रा वाले जहिले नि धपाउने मैले स्वास्नी तिम्ले पोइ नपाउने… यसो भन्दै माग्ने बुढा मैयालाई भेट्न झ्यालवाट छिरेको दृष्यले दर्शकलाई रोमान्चित बनाउँछ । सुरबीर पण्डित ‘दार्‍ही बुढा’ पनि यो भिडियोमा मैयाँको बाबु बनेर प्रस्तुत भएका छन् । उनी आफ्नै छोरीलाई सकेसम्म केटाहरुवाट टाढै राख्न खोज्छन् । तर, माग्नेबुढाको अगाडी उनको केही लाग्दैन । म्युजिक भिडियोको छुट्टै प्रभाव भएको धारणा राख्ने माग्ने बुढाले आफ्नो चरित्र सुहाउँदो भएकाले अभिनय गरेको बताए । भिडियो

Category:

0 comments