Home �
News
� नेपाल एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट बच्यो
Unknown |
08:46 |
0
comments
२३ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । ५ जना सभासद सहित १५ यात्रु बोकेर काठमाडौं उड्दै गरेको विमानको इन्जिनमा खराबी आएपछि फाप्लुमै ग्राउन्डेड भएको छ ।
उडान भर्नका लागि धावन मार्गमा गुड्दै गर्दा दायाँ तर्फको पंखा नघुमेपछि जहाज ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका एटीसी अफिसर हरि अधिकारीले जानकारी दिए ।
बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मचारीहरु रहेका थिए ।
उनीहरु दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली अध्ययनको लागि सोलुखुम्बु पुगेका थिए । सभासदहरुको टोली आइतबार विहान ८ बजे काठमाडौं फर्किने कार्यक्रम थियो ।
‘विहान ८ बजे काठमाडौं उड्दै थियौं, तर विमानको एउटा पंखा घुमेन,’ सभासद रेखा शर्माले अनलाइनखबरसँग भनिन्, ‘बनाउदै छन् रे, अझै कतिबेर बस्नुपर्ने हो थाहा छैन ।’
बिग्रिएको कल साईन नाईन एन ए बी यु जहाज मर्मतका लागि नेपाल एयरलायन्स काठमाण्डौबाट ईन्जिनियर सहितको टोलि फाप्लु बिमानस्थलमा झिकाइएको छ ।
Category:
News
0 comments