Hindi Films

यसरि नेपाली युवतीमाथि भारतमा चार वर्षसम्म यौन शोषण, दुईपटक गर्भपात

Unknown | 23:00 | 0 comments

नेपाली युवतीमाथि भारतमा चार वर्षसम्म यौन शोषण, दुईपटक गर्भपात November 11, 2014
नयाँ दिल्ली– उनी नेपाली हुन् । १५ वर्ष पहिले आफ्नो आमा–बुवासँग बिछोड भएपछि उनी दिल्लीको एक एनजीओमा बरिरहेकी थिइन् । त्यहि एनजीओमा बस्दाबस्दै स्नातकोत्तर अध्ययन पूरा गरेकी उनको नराम्रो दिन त्यसपछि सुरु भयो । एक विवाह समारोहमा उनको वरुण नामका युवकसँग भेट भयो । माया बस्यो त्यसपछि उनीहरुले सबै बन्धन पार गरे र अन्ततः वरुणले उनलाई धोका दिए । यो घटना भारतको उत्तर प्रदेशको नोएडाको हो । प्राप्त जानकारीका अनुसार नेपाली युवतीले वरुणका विरुद्ध नोएडा सेक्टर २० कोतवालीमा विवाहको सपना देखाएर चार वर्षसम्म शारिरिक शोषण गरेको र त्यसपछि मारिदिने धम्की दिएको मुद्दा दर्ता गरेकी छिन् । पुलिसका अनुसार पिडिता धेरै वर्ष पहिले आफ्ना आमा–बुवासँग दिल्ली आएकी थिइन् र त्यहाँ आफ्ना आमा–बुवासँग बिछोड भएपछि दिल्लीस्थित छात्रावासमा बसेर आफ्नो पढाई सुरु गरेकी थिइन् । पिडिताका अनुसार सन् २००७ मा दिल्लीमा आयोजित विवाह समारोहमा उनले वरुणलाई भेटेकी थिइन् । त्यहि समारोहमा वरुणले उनलाई नशालु पदार्थ मिसिएको कोल्डड्रिंक्स पिलाएर उनीमाथि शारिरिक सम्बन्ध बनाएको आरोप छ । उनले छात्रावासमा यो घटनाको बारेमा नबताएका कारण उनलाई विवाह गर्ने कसम खाएका थिए वरुणले । करिब चार वर्षसम्म दुईजनाको प्रेमसम्बन्ध निकै झांगियो । त्यसपछि सन् २०१२ मा उनले ती युवतीलाई विवाहको प्रलोभन देखाएर छात्रावासबाट नोएडा सेक्टर–२७ मा लगे । यहाँ दुबैजना लिभ इन रिलेसनसिपमा बस्न थाले । यो अवधिमा ती युवकले उनको दुईपटक गर्भपात पनि गराए । युवतीले नोएडा सेक्टर–६३ स्थित रियल स्टेट कम्पनीमा काम गर्न थालिन् । युवतीले पुलिसलाई बताए अनुसार उनको वरुणसँगको विवाह आउँदो डिसेम्बर ५ तारिखमा हुने निश्चित भइसकेको थियो तर आफू अर्को युवतीको प्रेममा भएकाले वरुणले विवाह गर्न नसक्ने जानकारी दिए । पुलिसले उक्त मुद्दा दर्ता गरिसकेको छ र छानबिन सुरु भइसकेको छ । वरुण अहिले फरार छन् । (एजेन्सी)

Category:

0 comments