जोर र बिजोर लागु भएपछि यात्रुको विजोग (फोटो फिचर र भिडियो)
![]() |

साेमबार जोर नम्बरका गाडी मात्रै चलेका छन् । प्रायः सबै गाडीहरु यात्रुहरुले खचाखच भरिएका छन् । धेरैबेर कुर्दा आउने गाडीहरुमा पनि सहजरुपमा यात्रा गर्न नपाएपछि सर्बसाधारण मर्कामा परेका छन् ।


क्षमता भन्दा धेरै यात्रु चढाएको भन्दै गाडी चालकहरुको लाईसेन्स कब्जा गर्ने ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली लागु भएपछि यात्रुहरुले पाएको सास्ती र गाडी चालकहरुको मनोमानीलाई भने नदेखेझैं गरेको छ ।
भीडभाडको मौका छोपेर महिला र युवतीहरुमाथि दुर्व्यवहार हुने गरेको छ । यस्तै भीडभाडमा कतिपयको जेब काटिने र गरगहना लुटिने गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाले ८, १० र १२ गते जोर नम्बरका तथा ९ र ११ गते बिजोर नम्बरका गाडी चलाउने व्यवस्था मिलाएको छ ।
सुरक्षालाई मध्यनजर गरी पुरानो बसपार्कमा खालि गराइएको छ ।
कविन अधिकारीले खिचेका तस्वीरहरू हेर्नुहोस्

![]() |
Category: News
0 comments